‘दस बहाने’ बोलको गीत रिमेक हुँदा

‘दस बहाने’ बोलको गीत रिमेक हुँदा टाइगर र श्रद्धाको आलोचना

मनोरञ्जन

Sharing is caring!

सन् २००५ मा रिलिज भएको बलिउड चलचित्रको टाइटल गीत ‘दस बहाने’ त्यसबेलाको सर्वाधिक चर्चित गीतमध्येको एक थियो।

NIC ASIA SQUARE
सोही गीत टाइगरु श्रोफ र श्रद्धा कपुर अभिनित चलचित्र ‘बाघी ३’ मा रिमेक गरिएको छ।

हाल यूट्युबमा टाइगर र श्रद्धाको नृत्य र अभिनय रहेको दस बहाने २.० गीत सार्वजनिक भएको छ।

यो गीत सार्वजनिक भएसँगै भारतका दर्शकले टाइगर र श्रद्धाको आलोचना गरेका छन्। उनीहरुले चलचित्रका निर्माताको पनि आलोचना गरेका छन्।

यस गीत बाघी ३ का लागि छनौट गरिनु गलत भएको केहीले बताइरहँदा श्रद्धा र टाइगरको अभिनय पुरानोभन्दा निकै फितलो भएको प्रतिक्रिया आइरहेको छ।

यस गीत रिमेक गरेर आफ्नो बाल्यकालको खुशी खोसेको एक ट्वीटर प्रयोगकर्ता नभेन्दु बोसले बताएका छन्। एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *