खर्च धान्न नसकेपछि सबै तेलुगु फिल्मको छायांकन रोकिने

मनोरञ्जन

Sharing is caring!





तेलुगु फिल्मका निर्माताले अगस्ट १ अर्थात् साउन १६ गतेदेखि सबै फिल्मको छायांकन रोक्ने निर्णय गरेका छन्।फिल्म निर्माणको खर्च धान्न नसकेको भन्दै तेलुगु फिल्म निर्माता संघले तत्काल फिल्मको छायांकन रोक्ने निर्णय गरेको हो।

तेलुगु फिल्म निर्माता गिल्डले विज्ञप्ती जारी गर्दै समस्या समाधान नभएसम्म फिल्मको छायांकन रोक्ने जनाएकाे छ। ‘कोरोना महामारीपछि फिल्म बनाउने खर्च र कर बढेको छ। यस विषयमा निर्माताहरू बसेर छलफल गर्ने आवश्यक छ।

आफ्नो फिल्म क्षेत्र र सिस्टम बलियो बनाउने हाम्रै जिम्मेवारी हो। यी सबै कुराको सुनिश्चित भएपछि मात्रै फिल्मको छायांकन सुरू हुनेछ। यसको लागि गिल्डको सबै निर्माता मिलेर १ अगष्ट २०२२ देखि छायांकन रोक्ने निर्णय गरिएका छौं। व्यवसायिक समाधान नभएसम्म फिल्मको छायांकन बन्द हुनेछ,’ विज्ञप्तीमा उल्लेख छ।

तेलुगु फिल्मका निर्माताले फिल्म हलमा रिलिज भएको १० हप्तापछि मात्र ओटिटी प्लेटफर्ममा रिलिज गर्ने निर्णय लिएका छन्।

कोरोना महामारीपछि ‘आरआरआर’ र ‘पुष्पा’ हिट भए। तर महामारीपछि फिल्मको टिकट दर बढेको कारण अन्य फिल्म हेर्न दर्शक नआएको निर्माताहरूको गुनासो छ।



Post Views:
56




Leave a Reply

Your email address will not be published.