यस्तो बनेर आयो आलिया भट्ट अभिनित चलचित्र ‘डार्लिङ्स’ को ट्रेलर

मनोरञ्जन

Sharing is caring!





बलिउड अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको चलचित्र ‘डार्लिङ्स’ को ट्रेलर सार्वजनिक भएको छ । पारिवारिक सामाजिक कथावस्तुमा केन्द्रित रही निर्माण गरिएको यो चलचित्रको ट्रेलर नेटफ्लिक्समार्फत् सोमबार सार्वजनिक गरिएको हो ।

चलचित्रको ट्रेलरमा अभिनेत्री आलिया एक गृहिणीको भूमिकामा देखिएकी छन् । चलचित्र आफ्नो जड्याँहा श्रीमान्ले आफूमाथि गर्ने व्यवहारको बदला लिने महिलाको कथामा आधारित रहेको ट्रेलरमा देख्न सकिन्छ ।

चलचित्रमा अभिनेत्री आलियासँगै विजय बर्मा, शेफली शाह र रोशन म्याथ्यु लगायतका कलाकारको अभिनय छ । जस्मित के रिनको निर्देशनमा निर्माण गरिएको यो चलचित्रमार्फत् आलियाले निर्माताको रुपमा समेतसौर्य दैनिकमा खबर छ । बलिउडमा पाइला चालेकी छन् ।

चलचित्रलाई गौरी खान, आलिया र गौरव बर्माले संयुक्त रुपमा निर्माण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । चलचित्र ५ अगस्टमा नेटफ्लिक्समार्फत् प्रदर्शनमा आउने तयारीमा रहेको निर्माण पक्षले जनाएको छ ।



Post Views:
43




Leave a Reply

Your email address will not be published.