आखिर को हुन् रेखाको काखमा रहेका यी बालक, जसको अमिताभ बच्चनसँग छ गहिरो नाता !

मनोरञ्जन

Sharing is caring!





अभिनेत्री रेखा बलिउडकी शीर्ष अभिनेत्रीमा पर्छिन्, जसको पुराना तस्बिरहरू अहिले पनि सामाजिक सञ्जालमा चर्चामा रहन्छन्। कहिले दिदीबहिनीसँग त कहिले साथी कलाकारसँग। यसै क्रममा अहिले सामाजिक सञ्जालमा उनको एक भाइरल भएको तस्बिरमा रेखाले एउटा सानो बच्चालाई आफ्नो काखमा लिएर बसेको देखिन्छ। अब यो सानो बच्चा को हो भनेर तपाईंको मनमा प्रश्न उठेको हुनुपर्छ। यो बच्चा रेखासँग मात्र नभई अमिताभ बच्चनसँग पनि सम्बन्धित छन्।

के तपाईंलाई थाहा छ को हुन् यी ? यो तस्बिर हेरेर अनुमान लगाउन सक्नुहुन्छ कि रेखाको काखमा बसेको यो बच्चा को हो ? यदि सक्नुहुन्न भने हामी तपाईंलाई एक संकेत दिनेछौं। यो बच्चाले ठूलो भएपछि अमिताभ बच्चनको फिल्ममा पनि काम गरेका छन् जुन फिल्म निकै हिट साबित भएको थियो र उक्त फिल्ममा अमिताभ बाहेक शाहरुख खान पनि थिए।

अब तपाईंले यी व्यक्तिको नाम चिन्नुभयो होला। हो… त्यो फिल्म थियो ‘मोहब्बतें’ हो, यो बच्चा अरु कोहि नभई यो फिल्ममा देखिएका जुगल हंसराज थिए। यो फिल्म मल्टीस्टारर फिल्म थियो तर यसमा शाहरुख र अमिताभको मुख्य भूमिका थियो। यो फिल्म रोमान्टिक विधाको थियो, जसमा जुगल हंसराजको काम पनि निकै रुचाइएको थियो।

जुगल हंसराज कहाँ छन् आजकल ? बाल कलाकारका रूपमा करियर सुरु गरेका जुगल हंसराजले ठूला भएर पनि अभिनयमा आफ्नो भाग्य परिक्षण गरेका थिए। उनले ‘मोहब्बतें’ बाहेक पापा केहेते हें, गुदगुदी, हम प्यार तुम्ही से कर बैठे, आजा नचले, कहानी २ जस्ता फिल्मा अभिनय गरेका थिए। अहिले उनी अभिनयमा निकै कम सक्रिय छन्।



Post Views:
77




Leave a Reply

Your email address will not be published.