अहिलेको समयमा बलिउड क्षेत्रका विभिन्न अभिनेता-अभिनेत्रीको तस्बिर सामाजिक सञ्जालमा भाइरल हुने गरेको छ । यही क्रममा अहिले एक नेपाली चलचित्र क्ष्रेत्रका चर्चित अभिनेताको तस्बिर खुबै भाइरल भएको छ ।
अहिले सामाजिक सञ्जालमा भाइरल भएको तस्बिर अरु कसैको नभई नायक अनमोल केसीको हो । अहिले अभिनेता अनमोलले यो तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै बाबु भुवन केसीलाई नेपाल चलचित्र विकास बो:र्डक अध्यक्ष बनेको बधाई दिएका छन् ।
पछिल्लो समय अभिनेता अनमोल अभिनय क्षेत्रमा निकै व्यस्त छन् । केही समय पहिले अभिनेताले एक हप्तामा निया ३ चलचित्रको लागी हस्ताक्षर गरेको बताएको थियो ।
अनमोल तस्बिर सार्वजनिक गर्दै लेख्छन् ‘बाटो हिड्ने मान्छे भन्दा पनि बाटो बनाई दिने मान्छे महान हुन्छन् । म तपाई लगायत तपाईका समकालीन हस्तीहरुकै पाईलाहरु पछ्याउँदै यहाँ सम्म आई पुगेको छु ।
आज बाट, तपाईको भूमिका झन् गहन बनेको छ । नेपाली सिनेमाको श्री वृद्धिमा तपाईंको थप योगदान रहने कुरामा म ढुक्क छु, यो गौरवशाली अवसर प्राप्त गर्नु भएकोमा, धेरै धेरै बधाई तथा शुभकामना बाबा । मेरो मार्गदर्शक, मेरो प्रेरणा ।’
नायक अनमोलने चलचित्र ‘होस्टेल’ बाट अभिनय यात्राको सुरुवात गरेका हुन् । आजको समयमा उनी युवा पुस्ताको रोजाइको अभिनेता बन्न सफल छन् । साथै उनको लाखौँको सङ्ख्यामा फ्यान फलोइंग रहेको छ ।
Post Views:
109