नीता ढुंगानासँग विवाह गरेका हरिहर अधिकारी किन ट्रोल हुँदैछन्

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । भर्खरै दुलाह बनेका ज्योतिष तथा अभिनेता हरिहर अधिकारी विवादमा परेका छन् । प्राय: कलाकार आफ्ना बयानका कारण समय समयमा मजाकको पात्र बन्छन् ।

बोल्दै जाादा आफूले थाहा नपाएको र तथ्य पुष्टि नभएको कुरामा बोल्दा उनीहरुको मजाक उडाउने गरिन्छ । अभिनेता अधिकारी पनि एक अभिव्यक्तिका कारण तनावमा छन् । ट्वीटर र फेसबुकमा उनलाई ट्रोल बनाइएको छ ।

हालै, उनले राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा)मा दुई वर्ष संस्कृतको क्याप्सुल कोर्स हुने, अन्तरिक्षमा संस्कृत भाषाको माध्यमबाट सम्पर्क स्थापित गर्न सकिनेसहितका कुराहरु बताएका थिए ।

उनी त्यसमा रोकिएनन्, थप्दै संस्कृत ब्रम्हाण्डीय भाषा भएको, संस्कृतको ओरिजिन सूर्यबाट आएकाले अन्तरिक्षबाहिर पनि त्यसले काम गर्ने, हरेक मन्त्र संस्कृतमा गर्दा त्यसको ध्वनि युनिभर्सभन्दा बाहिर जाने कुरा जानकारी गराएका थिए । पडकास्टर सञ्जय गुप्तासँगको कुराकानीमा हरिहरले यी कुराहरु बताएका हुन् ।

उनको बयानपछि चिकित्सक, प्राध्यापकसहित बौद्धिक पेशा क्षेत्रका व्यक्तिदेखि सर्वसाधारणले पनि हरिहरको कुरामा तथ्य नभएको भन्दै मजाक उडाइरहेका छन् ।

गत महिना अभिनेत्री नीता ढुंगानासँग विवाह गरेका अधिकारीले केहि चलचित्रमा काम गरेका छन् । उनले अवैज्ञानिक कुरा गरेको भन्दै सामाजिक सञ्जालमा ट्रोल गरिएको हो ।


Leave a Reply

Your email address will not be published.