यस्तो बनेर आयो अनुराग कश्यपले निर्देशन गरेको चलचित्र ‘दोबारा’ को ट्रेलर

मनोरञ्जन

Sharing is caring!





बलिउड निर्देशक अनुराग कश्यपले निर्देशन गरेको चलचित्र ‘दोबारा’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेत्री तापसी पन्नुको मुख्य भूमिका रहेको उक्त चलचित्रको बुधबार ट्रेलर सार्वजनिक गरिएको हो । थ्रिलर विधामा आधारित रहेको यो चलचित्रमा समय यात्राको विषयलाई उठान गरिएको छ ।

एक रहस्यमयी हत्या पछाडिको कारण खोज्न गरिएको अनुसन्धानमा केन्द्रित रही चलचित्र निर्माण गरिएको छ । चलचित्रमा अभिनेत्री तापसीसँगै पवेल गुलाटीको प्रमुख भूमिका छ । यो चलचित्रलाई निकै महत्वका साथ हेरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

निर्देशक कश्यपले यसअघि ‘ग्याङ्स अफ वाशेपुर’ जस्तो चर्चित र सफल चलचित्र निर्देशन गरिसकेका छन् । सौर्य दैनिकमा खबर छ । उनले यो चलचित्रमा प्रयोग गरेको नयाँ शैली पनि प्रतिक्षाको रुपमा हेरिएको छ ।

निहित भावेको पटकथा तथा संवाद रहेको यो चलचित्रमा तापसी र अनुरागसँगै राहुल भट, स्वस्ता चाटेरजी लगायतका कलाकारको अभिनय छ । अगस्ट १९ बाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रमा एकता कपुर तथा शोभा कपुरको लगानी रहेको छ । चलचित्र ओरिओस पाउलोको पुस्तक मिरेजमा आधारित छ ।



Post Views:
8




Leave a Reply

Your email address will not be published.