चर्चित अभिनेताको निधनले सबै स्तव्ध

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । चर्चित बलिउड अभिनेताको निधन भएको छ ।

‘कोई मिल गया’, ‘सत्ता’ जस्ता धेरै चलचित्रमा अभिनय गरेका बलिउड अभिनेता मिथिलेश चतुर्वेदीको निधन भएको हो ।

मुम्बईस्थित कोकिलाबेन अस्पतालमा अभिनेता मिथिलेशको निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

उनी मुटुसम्बन्धी समस्याबाट पीडित थिए । भारतीय सञ्चार माध्यमका अनुसार मिथिलेश चतुर्वेदीलाई केही दिन अघि हृदयघात भएको थियो, त्यसपछि आफ्नो गृहनगर लखनउ सरेका थिए ।

मिथिलेश चतुर्वेदीले सन् १९९७ मा भाइ भाइबाट बलिउडमा डेब्यु गरेर धेरै चलचित्रमा काम गरेका हुन् । उनले प्रेम तिवारी, बन्सी कौल, दीना नाथ, उर्मिल थपलियाल र अनुपम खेरले निर्देशन गरेको नाटकमा पनि अभिनय गरेका छन् ।

भारतमा किन चर्किरहेको छ ‘लाल सिंह चड्ढा’ बहिष्कारको मुद्दा ?

‘मिस्टर पर्फेक्सनिस्ट’ संज्ञाले प्रख्यात बलिउड अभिनेता आमिर खान र अभिनेत्री करिना कपुर लामो समयपछि फिल्ममा आउँदैछन् ।

फिल्मलाई लिएर दर्शकमाझ ठूलै अपेक्षा छ, तर सामाजिक सञ्जालमा ‘लाल सिंह चड्ढा बहिष्कार गरौं’ भन्ने अप्रिल ह्यासट्याग ट्रेन्डिङ चलिरहेको छ ।

यसो हुनुमा यी दुई प्रमुख कलाकारको अभिव्यक्ति जिम्मेवार छ, जसलाई उनीहरुले कुनै समय बोलेका थिए । उनीहरुले अहिले बोलेका कुराले विवाद चर्किएको होइन । ट्वीटर प्रयोगकर्ताले फिल्म नहेर्न आग्रह गर्दै उक्त ह्यासट्याग अभियान चलाइरहेका छन् । तर किन ?

‘भारतमा असहिष्णुता बढेको’ भन्ने कुनै बेलाको आमिर खानको अभिव्यक्ति यतिबेला इन्टरनेटमा ट्रेन्डिङ भइरहेको छ । जसलाई लिएर ‘नेटिजन’ले फिल्म नहेर्न आग्रह गरिरहेका छन् ।

अभिनेत्री कपुरका विगतका विवादास्पद अभिव्यक्ति पनि यतिबेला सतहमा आएका छन् । आमिरले सन् २०१५ मा एक अन्तर्वार्तामा भनेका थिए, ‘हाम्रो देश धेरै सहिष्णु त छ तर यहाँका मानिसले दुष्टता फैलाउँछन् ।’ उनकी पूर्वपत्नी किरण रावले पनि छोराछोरीको सुरक्षाका लागि देश छाड्न लागेको भन्ने कुरा पनि हेडलाइन बनिरहेका छन् ।

बहिष्कार अभियान चलिरहँदा आयोजित एक कार्यक्रममा आमिरले दर्शकलाई फिल्म हेरिदिन आग्रह गरे ।

‘मलाई दुःख लाग्छ कि जसले यसो भन्दैछन्, उनीहरुले म भारतलाई मन नपराउने व्यक्ति हुँ भन्ने विश्वास गर्छन् । उनीहरु यो कुरा विश्वास गर्छन् तर यो असत्य हो । म देशलाई माया गर्छु । म यस्तै छु । कतिपयले त्यस्तो महसुस गर्नु दुर्भाग्यपूर्ण हो,’ आमिरले भने ।

करिनाले पनि बहिष्कार अभियानबारे सोधिएको इण्डिया टुडेको प्रश्नमा भनिन्, ‘विभिन्न प्लेटफर्म छन् । सबैको विचार छ । केही हुन गइरहेको छ भने तपाईंले केही चीजलाई बेवास्ता गर्न सिक्नुपर्छ । अन्यथा आफ्नो जीवन जिउन असम्भव हुनेछ । त्यसैले म यस्तो कुरालाई गम्भीरताका साथ लिन्नँ ।’

‘लाल सिंह चड्ढा’ हलिउड फिल्म फरेस्ट गम्पको रिमेक हो । साउन २६ गते यो फिल्म नेपालमा पनि रिलिज हुँदैछ ।


Leave a Reply

Your email address will not be published.