डिभोर्स गरिसकेका पूर्व पतिसंग फेरी माया बस्यो, अब म के गरौं ?

मनोरञ्जन

Sharing is caring!





म २७ वर्षीया महिला हुँ। मेरो विवाह १७ वर्षको उमेरमा भएको थियो। त्यो बेला मेरा श्रीमान् वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो। माया(प्रेम के हो थाहा थिएन। बहकाउमा आएर गाउँकै विवाहित पु’रुषसँग हेलमेल भयो र माया-प्रीति बस्यो।

उनीसँग शा रीरिक स म्बन्ध राखेपछि मलाई गलत गरें भन्ने लाग्यो अनि त्यो घरमा बस्नु उचित लागेन। मैले आफ्नो घर छाडें र सम्बन्ध-विच्छेद गरे। जोसँग सम्पर्क भयो, उनी विवाहित भएकाले उनको घर जानु पनि उपयुक्त लागेन।

माइती जाने प्रश्न नै भएन। मैले यी सबै बेहोरा अवगत गराएर श्रीमानलाई पत्र लेखें र यथार्थ कुरा बताएँ। अहिले म काठमाडौंमा तरकारी बेचेर जीविका चलाउँदैछु।केही समययता मेरा श्रीमान काठमाडौंमै व्यापार गरेर बसेका छन्।

बेला/बेलामा उनको र मेरो भेट हुन्छ। उनले गाउँमा दोस्रो विवाह गरेका छन्। यति हुँदाहुँदै पनि उनी मसँग असल व्यवहार गर्छन्, दुःख/सुख सोध्छन् र विवाह किन नगरेको भनेर सम्झाउँछन्।

एक्लै बस्नुभन्दा मेरै डेरामा मसँगै बस भनेर कर गर्छन्। एक दिन म उनलाई भेट्न मात्र गएकी थिएँ, तर हामीबीच यौ नस म्बन्ध भयो। यस्तो कुराले म बिलखबन्द र पश्चातापमा परेकी छु।




Leave a Reply

Your email address will not be published.