एक जोडीले विवाह गरेको एक घण्टापछि जन्मियो बच्चा !

एक जोडीले विवाह गरेको एक घण्टापछि जन्मियो बच्चा !

मनोरञ्जन

Sharing is caring!

अमेरिकमा एक जोडीले विवाह गरेको एक घण्टापछि बच्चा जन्माएका छन् । अमेरिकाको इन्डियाना, साउथ बेन्डका मेयर ‘पेटे बुटिगिग’ले मेरी र गाबेले बिहान सवा आठ बजे आफ्नो अफिसमा आएर बच्चा जन्मनु अघि विवाह गराइदिन आग्रह गरेको बताए ।
अफिसका अन्य कर्मचारी साक्षीको रुपमा उपस्थित भए भने औंठी तयार नभएकाले एक अर्कालाई रिबन लगाइदिएर विवाह बन्धनमा बाँधिए ।त्यसपछि मेरीले डाक्टरसँग ९ बजेको समय लिइन् ।

उनले छोरीलाई जन्म दिएकी छिन् । जेड क्याथरिन जोन्स साउथ ब्रेन्डकी सबैभन्दा नयाँ निवासी भएको मेयर बुटिगिगले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।उनले बालिकाको तस्बिर पोष्ट गर्दै लेखे, ‘मेरो कार्यकालको समाप्तिमा मलाई यो कुरा विशेष याद रहनेछ । नवविवाहित र नयाँ आमा–बुवालाई बधाई । जेड, तिमीलाई यो मायालु संसारमा स्वागत छ ।यो पनि पढ्नुहोस :

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखा नेपाने माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवकुमार साहवि,रुद्ध छुट्टाछुट्टै तीन अ,भियोगमा मु,द्दा दायर गरेको छ । आयोगले फरक फरक मितिमा विभिन्न शीर्षकमा १५ लाख ९५ हजार ४ सय रुपैयाँ भ्र,ष्टाचार गरेको भन्दै मंगलबार विशेष अदालत काठमाडौंमा मु,द्दा दायर गरेको हो ।तत्कालिन जिल्ला शिक्षा कार्यालय गोरखाबाट रेट्रो मेन्टेनेन्स शीर्षकको २ लाख ५० हजार र मर्मत शीर्षकको १ लाख गरी जम्मा ३ लाख ५० हजार रुपैयाँ कुनैपनि काम नगरी प्रधानाध्यापक साहले हिनामिना गरेको अख्तियारको आ,रोपपत्रमा उल्लेख छ

त्यस्तै सोही कार्यालयबाट पुस्तकालय व्यवस्थापन र किताब खरिद शीर्षकमा निकासा भएको ६ लाख ५० हजार रुपैयाँ लिएर साहले कुनै काम नगरी रकम हिनामिना गरेको दाबीसहित उनीवि,रुद्ध अख्तियारले अर्को मु,द्दा दायर गरेको हो । त्यस्तै प्रधानाध्यापक साहले विभिन्न शीर्षकमा ५ लाख ९५ हजार ४ सय रुपैयाँ गलत कागजात बनाई भ्र,ष्टाचार गरेको भन्दै उनीमाथि अर्को पनि मु,द्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यसैबीच अख्तियारले शिक्षा विकास तथा समन्वय इकाइका सवइन्जिनियर विकास झावि,रुद्ध पनि मु,द्दा दायर गरेको छ ।प्रधानाध्यपक साहसँग मिलेर झाले छात्रा शौचालय तथा फर्निचर निर्माण शीर्षकमा झुटो प्रतिवेदन तथा नापी किताब तयार पारेको आरोप अख्तियारले लगाएको छ ।अनुसन्धानको क्रममा झाले झुटो प्रतिवेदन तयार गरी ३ लाख ५० हजार रुपैयाँ हिनामिना गर्न सहयोग गरेको देखिन आएकोले उनीवि,रुद्ध उक्त रकम माग दाबीसहित मु,द्दा दायर गरिएको कोइरालाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *