सम्बन्ध विच्छेदपछि पनि हरेक हप्ता श्रीमतीहरु भेट्न जान्छन् आमिर खान, यस्तो छ कारण !

मनोरञ्जन

Sharing is caring!





बलिउड चलचित्र निर्माता करण जौहरको शो ‘कफी विथ करण’ को नयाँ सिजन सुरु भएको छ । यो टक शोको हालसम्म तीन वटा एपिसोड रिलिज भइसकेका छन् र चौथोको तयारीमा छन् ।

यस पटक आमिर खान र करीना कपुर सहभागी हुन लागेका छन् । शोमा आमिरको जीवनसँग जोडिएका धेरै गोप्य कुराहरु खुल्दैछन् । यससँगै करीनाको पर्सनल लाइफका कुराहरु पनि सार्वजनिक भएका छन् । आमिरले आफ्नो वैवाहिक जीवनको बारेमा पनि कुरा गर्ने बताइएको छ

बलिउड अभिनेता आमिर खान यस पटक ‘कफी विथ करण’ मा आफ्नी पूर्व पत्नी किरण र रीनासँगको सम्बन्ध विच्छेद पछिको सम्बन्धको बारेमा कुरा गर्ने देखिनेछन्। शोमा उनले आफू दुवैको सम्पर्कमा रहेको र भेटघाट भइरहेको बताएका छन् ।

बलिउड अभिनेता आमिर खान यस पटक ‘कफी विथ करण’ मा आफ्नी पूर्व पत्नी किरण र रीनासँगको सम्बन्ध विच्छेद पछिको सम्बन्धको बारेमा कुरा गर्ने देखिनेछन्। शोमा उनले आफू दुवैको सम्पर्कमा रहेको र भेटघाट भइरहेको बताएका छन् ।

आमिरले भनेका छन्, ‘म दुवैलाई धेरै सम्मान गर्छु । हामी सधैँ परिवार जस्तै हुनेछौं। जतिसुकै व्यस्त भए पनि हामी सबै हप्तामा एक पटक भेट्ने गरेको पनि उनले बताए । साथै आमिरले भनेका छन् ‘एक-अर्काको लागि धेरै साँचो हेरचाह, माया र सम्मान छ।’

आमिर खानकी पहिलो पत्नीको नाम रीना दत्ता हो । फिल्ममा क्षेत्रमा आउनु अघि नै आमिरले रीनासँग पहिलो विवाह गरेका थिए । सम्बन्धमा खट-पट आएपछि आमिरले रीनासँग सम्बन्ध विच्छेद गरे ।

सम्बन्ध विच्छेदपछि अभिनेताले सन् २००५ मा किरण रावसँग विवाह गरेका थिए । १५ वर्ष सँगै बसेपछि सन् २०२१ मा दुवैले एकअर्कासँग सम्बन्धविच्छेद गरेका थिए । दुवैले सामाजिक सञ्जालमा आफूले छुट्टिने निर्णय गरेको र छोरा आजाद राव खानलाई सँगै हुर्काउने बताएका थिए ।



Post Views:
148




Leave a Reply

Your email address will not be published.