‘डिम्पलवाली’ मोडल करिश्माका हट अवतार – Satyapati

‘डिम्पलवाली’ मोडल करिश्माका हट अवतार – Satyapati

मनोरञ्जन

Sharing is caring!

सामाजिक सञ्जालमा मोडल करिश्मा ढकालको चर्चा छर्पस्ट छ । अहिलेसम्म उनले अभिनय गरेका म्युजिक भिडियो एक हजारभन्दा बढी बाहिरिसकेका छन् । अहिलेकी चर्चित र व्यस्त मोडलको रुपमा उनको निकै चर्चा छ ।

‘कलाकारिताप्रति सानैदेखि रुचि राखेकी करिश्मा स्कुलका कार्यक्रममा नाच्ने, पुरस्कार जित्ने गर्थें,’ करिश्मा भन्छिन्, ‘पहिलो पटक अंकल अन्टीले ‘सेल्फी सेल्फी’ बोलको तीज गीतमा नाच्ने मौका दिनुभयो । त्यहीँबाट मेरो करिअर सुरु भयो ।’

करिश्माले पहिलो भिडियोको गीत वसन्त थापा र लक्ष्मी मल्लले गाएका थिए भने श्रीकृष्ण बम मल्लको शब्द थियो । त्यो तीज गीत निकै चलेपछि उनको डिमान्ड बढ्यो । लोक संगीत पारखीमा देखिने करिश्माका फ्यानले उनको डिम्पलको चर्चा गरेका हुन्छन् ।

करिश्माको अभिनय सँगसँगै उनको डिम्पलको चर्चा हुने गर्छ । एकै दिन पाँच वटासम्म भिडियो खेलेको अनुभव हासिल गरेको बताउने करिश्मा हिरोइन बन्न चाहन्छिन् । भन्छिन्, ‘म कलाकारिता क्षेत्रमै नाम उचो बनाउन चाहन्छु । मलाई अब हिरोइन बन्ने इच्छा छ ।’ उनलाई हिरोइन बन्ने अफर पनि आइरहेको रहेछ ।

उनी भन्छिन्, ‘प्रोजेक्टहरू त्यत्ति चित्त नबुझ्दा एसेप्ट गरेकी छैन ।’ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, विन्ध्यवासिनी म्युजिक अवार्ड, ओएस म्युजिक अवार्ड, सुन्दरादेवी म्युजिक अवार्ड लगायतमा उत्कृष्ट मोडलको अवार्ड जितिसकेकी छिन् ।

उनै करिश्मा पछिल्लो पटक निकै हट बनेर फोटोशुट गरेकी छन् । जहाँ उनी निकै खुलेकी छन् । हेरौं, उनको इन्स्टाबाट लिएका केही तस्वीरहरू :

Leave a Reply

Your email address will not be published. Required fields are marked *