प्रदीप खड्काले विनोद चौधरीलाई मागे भोट – Satyapati

प्रदीप खड्काले विनोद चौधरीलाई मागे भोट – Satyapati

मनोरञ्जन

Sharing is caring!

अभिनेता प्रदीप खड्का नेपाली कांग्रेसका उम्मेदवारको पक्षमा खुलेका छन् । मंगलबार बर्दघाटमा नवलपरासी–१ बाट कांग्रेस उम्मेदवार विनोद चौधरीको चुनावी सभामा प्रदीप पनि सहभागी भए ।

सोही कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी थिए । आयोजकले प्रदीपलाई मञ्चमै आसन ग्रहण गराएका थिए ।

लामो कपाल, कालो चस्मा र कोटमा सजिएका प्रदीप देउवा र प्रचण्ड पछाडिको लहरमा बसेका थिए । प्रदीपले आमसभालाई सम्बोधन समेत गरेर विनोद चौधरीलाई जिताउन मतदातालाई अपील गरे ।

यसअघि राजनीतिक विषयमा नखुलेका प्रदीपले यो चुनावमा गठबन्धनको पक्षमा आफूलाई खुलाएका हुन् । भारतबाट आएलगत्तै प्रदीप उम्मेदवार चौधरीलाई भोट माग्न सिधै नवलपरासी पुगेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *