प्रेमीसँग म्यूजिक भिडियोमा साम्राज्ञी

मनोरञ्जन

Sharing is caring!

पाेखरा ६ माघ- यो बर्ष रिलिज भएका दुई चलचित्र असफल भएपछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला केही मौन छिन् । अब, उनले चलचित्र छानेर काम गर्नुपर्नेछ । होइन भने उनको करिअर गम्भिर संकटमा पर्न सक्छ ।

उनै, साम्राज्ञी यतिबेला आफ्ना प्रेमी देवांश जंगबहादुर राणा र परिवारसँग समय बिताइरहेकी छिन् । यसैविच, साम्राज्ञीले प्रेमीसँग एक म्यूजिक भिडियोमा समेत काम गरेकी छिन् । साम्राज्ञी आफैले देवांशसँगको तस्वीर सार्वजनिक गर्दै म्यूजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन् ।

साम्राज्ञीले आजसम्म म्यूजिक भिडियोमा मोडलिङ गरेकी थिइनन् । यसैले पनि उनले यो निर्णय किन गरिन् भन्ने प्रश्न उनको फ्यानहरुमा उठ्न सक्छ । साम्राज्ञीले आफ्नी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतमा प्रेमीसँग मोडलिङ गरेकी हुन् ।

याे पनि पढ्नुहाेस्ः
भूमी भन्छिन्–‘म स्टार होइन, कलाकार हुँ’

बलिउड नायिका भूमी पेन्डेकरको करिअरको ग्राफ माथि चढिरहेको छ । पछिल्लो समय रोजाईकी नायिकाको रुपमा भूमिले आफूलाई स्थापित गरिरहेकी छिन् । उनको हातमा चलचित्रको अभाव छैन ।

वर्ष २०१९ मा रिलिज भएका तीन चलचित्रले नै भूमिलाई सफलता दिलाएका थिए । ‘साँडकी आँख, बाला र पति पत्नि और ओ’बाट भूमिले आफूलाई स्थपित गरिसकेकी छिन् । यतीका चलचित्र सफल भइरहँदा पनि उनी आफूलाई स्टार कलाकार मान्दिनन् । एक अन्तरवार्तामा उनले भनेकी छिन्–‘म आफूलाई स्टार मान्दिन र मान्ने बेला पनि भएको छ जस्तो लाग्दैन् । म कलाकार हुँ । कलाकार नै भएर रहने मन छ ।’

उनले चलचित्र सफल हुँदाको फाइदा भने भेटेकी छिन् । उनले भनिन्–‘चलचित्र सफल भयो भने नयाँ चलचित्रको अफरहरु धेरै आउने रहेछन् । जब धेरै चलचित्रको अफर आउँछ मैले छानेर राम्रो चलचित्रमा काम गर्न सक्छु । मेरो ध्यान स्टार बन्नेमा होइन, राम्रो काम गर्नेमा छ ।’ भूमी अभिनित चलचित्र ‘शुभ मंगल ज्यादा सावधान’ र ‘भूत’ रिलिजको तयारीमा छन् । यसपछि भूमिले अक्षय कुमारको चलचित्र ‘दुर्गावती’मा पनि मुख्य भूमिका निर्वाह गर्दैछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *