» चौंथो हप्तामा पनि ‘महापुरुष’ आक्रामक

» चौंथो हप्तामा पनि ‘महापुरुष’ आक्रामक

मनोरञ्जन

Sharing is caring!

 

यस वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’भन्दा अघि र पछि प्रदर्शनमा आएका कुनै फिल्म हलमा लामो समयसम्म टिक्न सकेनन् । लगानी उठाएका फिल्मको आयू पनि मुश्किलले चार हप्तासम्म रह्यो । तर, छठ विदादेखि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ले भने ५१औं दिने रेकर्ड बनाउने देखिएको छ । चौंथो हप्तामा पनि हलमा देखिएको दर्शक उपस्थितिले यो अनुमान गर्न सकिन्छ ।

यो फिल्मले प्रदर्शनको दोस्रो हप्तादेखि कहिले बलिउड त कहिले हलिउडका फिल्मसँग भिडन्त गर्दै आइरहेको छ । तर, कुनैले व्यापारमा असर गर्न सकेका छैनन् । मल्टीप्लेक्सहरुमा शोज भने बाँडिएको छ । बलियो ‘वर्ड अफ माउथ’का कारण प्रदर्शनको दिनदेखि चौंथो हप्तासम्म फिल्मले जति पनि सिंगल स्क्रिन र मल्टीप्लेक्सहरुमा शोज पाएको छ, त्यसमा दर्शकको अभाव देखिन्न ।

चौंथो हप्तामा पनि हाउसफुलका साथ फिल्म चल्नु नेपालको हकमा दुलर्भ मानिन्छ । र, ‘महापुरुष’ दुलर्भ फिल्म बनेको छ । चौंथो हप्तामा पनि फिल्मलाई हाउसफुल दर्शकको साथ छ । तर, चौंथो हप्तादेखि फिल्मले जति नै आक्रामक व्यापार गरे पनि त्यसको फाइदा निर्मातालाई खासै हुँदैन । किनकि, प्रदर्शनको चौंथो हप्तादेखि निर्माताले कमाईको ३५ प्रतिशत मात्र शेयर पाउने गर्दछन् ।

नेपाली निर्मातालाई सर्वाधिक शेयर दिँदै आएको र नेपालको ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्नो देशभरका स्टेशनहरुमा ‘महापुरुष’लाई चौंथो हप्ताको मंगलवार पनि १८ शो उपलब्ध गराएको छ । चौंथो हप्तामा नेपाली फिल्मले यो संख्यामा शो पाउनु आफैंमा ठूलो सफलता हो । राजधानी र मोफसलका अन्य मल्टीप्लेक्सहरुले पनि फिल्मलाई चौंथो हप्तामा राम्रो शो बाँडेका छन् ।

कुनै समय नेपाली फिल्म हेर्न परिवारसहित हल पुग्नेको संख्या सर्वाधिक देखिन्थ्यो । पछिल्लो समय युवापुस्तालक्षित फिल्म बन्न थालेकाले हलमा पारिवारिक दर्शक खासै देखिने गरेका थिएनन् । तर, ‘महापुरुष’ले हल आउन नसकेको वर्गलाई पनि तानेको छ । युवापुस्तादेखि लौरो र सन्तानको सहारामा वृद्धवृद्धासम्म हल पुगेर फिल्म हेरिरहेका छन् । फिल्मको यो अर्को ठूलो कमाई हो ।

निर्माण टिमले तेस्रो हप्तादेखि कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छैन । तर, फिल्मले चौंथो हप्ताको विकेन्डसम्ममा ९ करोड ग्रस कलेक्सन गरेको हुनसक्ने आँकलन गरिएको छ । एकल पिताको एक्लोपनको कथामा निर्माण भएको यो फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, रविन्द्र सिंह बानियाँ, अरुण क्षेत्री, अन्जना बराइलीको अभिनय छ भने प्रदीप भट्टराई निर्देशक हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *