रिमाको प्रश्न – नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ?

मनोरञ्जन

Sharing is caring!

गायिका आस्था राउतको विमानस्थल प्रकरणमा कलाकर्मीहरुले मुख खोल्न थालेका छन् । केही दिनसम्म मौन बसेका कलाकार्मीहरु अहिले सामाजिक संजालमार्फत अगाडि आएका हुन् । यही क्रममा नायिका तथा मोडल रीमा विश्वकर्माले पनि आस्था राउत प्रकरणमा आफ्नो भनाइ सार्वजनिक गरेकी छिन् । उनले, नागरिकलाई सुरक्षा दिनुको सट्टा सास्ती दिन खोज्ने प्रहरी कसरी मेरो साथी हुनसक्छ ? भनेर पनि प्रश्न गरेकी छिन् ।

रीमा लेख्छिन्–‘देशमा दिनानु दिन जघन्य अ’पराध घटिरहँदा अनी ठूला अ’पराधी रिट र तारिखमा खुलेआम हाम्रै वरपर घुमिरहँदा त्यसै त हामी असुरक्षित छौं । अझ, विमानस्थलको सामान्य नोकझोकलाई लिएर नागरिकविरुद्ध मुद्दामा ओर्लिएको प्रहरी संगठनले आम नागरिकमा प्रहरी प्रशासनमाथि विश्वास भन्दा बढी ड’र पैदा गरेको छ ।’ रीमाले सामान्य घ’टनालाई मुद्दामा लैजाने प्रहरीले ठूला ठूला घ’टनामा भने मौनता देखाएको भन्दै आ’लोचना गरेकी छिन् ।

यो पनि पढ्नुस

भारतको विवादित नक्साका बारेमा जताततै वि*रोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको वि*रोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भू-भागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिप्रति पनि धेरैले प्रश्न उठाइरहेका छन् । मन्त्रालयको ‘लेटर हेड’ मा जारी विज्ञप्तिमा संक्षिप्त हस्ताक्षर भएको, हस्ताक्षर कर्ताको नाम र ओहोदा उल्लेख नगरिएको भन्दै सामाजिक सञ्जालमा धेरैले टिप्पणी गरेका छन् ।

नेपाल सरकारले जारी गरेको विज्ञप्ति अपुरो रहेको भन्दै नेपालभित्रै टिप्पणी भइरहेको समयमा यही विषयमा पाकिस्तानले भने भारतको कदमको कडा वि*रोध गरेको थियो । भारतले नक्सा जारी गर्दैमा स्थिति परिवर्तन नहुने पाकिस्तानले प्रष्ट पारेको थियो ।

पाकिस्तानले के भन्यो ?

भारतको नयाँ नक्सामा भारत र पाकिस्तानबीच लामो समयदेखि विवादको विषय बन्दै आएको जम्मु–कश्मीरलाई भारतले आफ्नो भूभागका रुपमा समेटेको छ । जम्मु–कश्मीर विवादका बारेमा भारत र पाकिस्तानका फरक धारणा रहँदै आएको अवस्थामा भारतले जम्मु–कश्मीरलाई दिँदै आएको ‘विशेष दर्जा’ खारेज गरी केन्द्र शासित प्रदेशका रुपमा नयाँ नक्सामा समेटेको छ ।

यस अतिरिक्त पाकिस्तान अधिनस्थ कश्मीरलाई पनि भारतले आफ्नो नक्सामा समेटेको छ । पाकिस्तानले भारतको सो कदमप्रति कडा आपत्ति जनाएको छ । पाकिस्तानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै भारतको नक्सा ‘त्रुटिपूर्ण’ र कानुनी रुपमा ‘अपुष्ट’ रहेको जिकिर गरेको थियो ।

संयुक्त राष्ट्र सुरषा परिषदको प्रासंगिक प्रस्तावको विरुद्ध हुने गरी भारतले जारी गरेको नक्सालाई पाकिस्तानले अस्वीकार गरेको थियो । पाकिस्तानी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ‘भारतको राजनीतिक मानचित्रलाई पाकिस्तान खारेज गर्दछ’ भनिएको छ । संयुक्त राष्ट्रसंघको नक्सा अनुरुप भारतको नक्सा नरहेको पाकिस्तानको भनाइ थियो । स्रोत : रातो पाटि

Leave a Reply

Your email address will not be published. Required fields are marked *