अभिनेत्री निरुता सिंह भन्छिन- मेरो जातमा मलाई गर्व छ ! – Khulduli Post

अभिनेत्री निरुता सिंह भन्छिन- मेरो जातमा मलाई गर्व छ ! – Khulduli Post

मनोरञ्जन

Sharing is caring!

नेपालकी चर्चित अभिनेत्री निरुता सिंहको पछिल्लो अभिव्यक्तिले यतिबेला नेपालमा नयाँ बहस खडा गरिदिएको छ। उनले अझै पनि नेपालमा जातिय विभेद अन्त्य नभएको बताएकी हुन्।

उनले नेपालका शहरी क्षेत्रमा केही हदसम्म जातीय विभेद अन्त्य भएता पनि साना गाउँघरमा र ठूला शहरमै पनि विभेदको अन्त्य हुन नसकेको बताएकी छिन्। उनले आफ्नो जातिप्रति गर्व गर्नुपर्ने पनि बताउँछिन्। उनले आफू विश्वकर्मा भएको र आफू कामी जातमै खुशी भएको उल्लेख गरिन्।

आफ्नो अनुभव सुनाउँदै निरुता भन्छिन्,‘हामी शहरमा बस्छौँ, ठूलठूला कुरा गर्छौँ तर आज पनि गाउँघरमा र शहरमा पनि जातिय विभेद छ। अब निरुता, सिंह भनेको के हो? तपाई ठकुरी हो? भनेर सोध्छन् मलाई। हैन विश्वकर्मा हो भन्छु म। म गर्वसँग भन्छु म विश्वकर्मा हो, म कामी हो।

उनी लामो समयदेखि मुम्बईमा बस्दै आएकी छिन् । नेपाली अभिनेत्रीको रुपमा इन्डियन आइडल शोमा पुगेकी निरुताले एकदमै राम्रो समय विताएको कुरा उल्लेख गरेकी छिन् । तन भारतमा, मन नेपाल’मा भएको बताउने उनी नेपाली सिनेमाकी सफल र रुचाइएकी नायिका हुन्।

उनी अभिनित ‘दर्पणछायाँ’ (२०५७) ले माओवादी द्वन्द्व प्रभावित फिल्म बजारमा ठूलो राहत दियो। तुलसी घिमिरे निर्देशित ‘दक्षिणा’बाट स्थापित निरुतालाई घिमिरेद्वारा निर्देशित ‘दर्पणछायाँ’ले सफलताको उत्कर्षमा पुर्‍याइदियो। त्यस बेलाका धेरै फिल्ममा उनको उपस्थिति अनिवार्यजस्तै थियो। उनी एक दशक बढी समय पहिलो नम्बरमा टिक्ने सफल अभिनेत्री हुन्।

निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनले दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन् । नेपाल आउँदा ‘नेपाल एयरलाइन्स’मै यात्रा गर्न रुचाउने उनलाई जहाजमा एयर होस्टेसले ‘निरुता दिदी’ भनेर बोलाउँदा रहेछन्। त्यस्तो बेला उनलाई लाग्दोरहेछ, ‘यो चाहिँ हो मेरो ठाउँ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *