मुन्द्रेको कमेडी क्लब’मा बले, कक्रोज र मुन्नी (भिडियो)

मनोरञ्जन

Sharing is caring!

काठमाडौँ / नेपाल टेलिभिजनमा जितु नेपालले सञ्चालन गर्ने मुन्द्रेको कमेडी क्लब हरेक सोमबार राति ९ बजे प्रसारण भइरहेको छ।

दीपाश्री निरौलाले सभापतिको भूमिका निर्वाह गरेको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरूको पनि सहभागिता हुने गरेको छ । कार्यक्रममा जितुसँगै राजेन्द्र नेपाली, उमेश राईलगायतका हास्य कलाकारहरूको अभिनय देख्न पाइन्छ ।

जेन्द्र लट्टेको रूपमा देखिएका छन् भने उमेश राई फुलन्देकी आमा बनेका छन् । पछिल्लो समय पवनकलीका रुपमा लुनीभा तुलाधर आएकी छिन् भने सन्ध्या बुढा अर्थात काउलीबुढीको अभिनय पनि निर्माण यूनिटले समेटेको छ ।

यसैबिच शृखलाको ६६ औँ भागमा भद्रगोलका लोकप्रिय कलाकारहरुसँगको कुराकानी आउने तयारीमा रहेको छ । जसको टिजर निर्माण यूनिटले सार्वजनिक गरेको छ । टिजरमा बले, कक्रोज र मुन्नीसँग लट्टे, मुन्द्रे र फलन्देकी आमाले गज्जब नै रमाइलो गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *