निश्चलले स्वस्तिमालाई घरभित्र सोध्नुपर्ने यस्तो कुरा पब्लिकमै सोधेपछि बबाल (भिडियो सहित)

निश्चलले स्वस्तिमालाई घरभित्र सोध्नुपर्ने यस्तो कुरा पब्लिकमै सोधेपछि बबाल (भिडियो सहित)

मनोरञ्जन

Sharing is caring!

आदर्श जोडीको रुपमा चिनिएका निश्चल बस्नेत र स्वस्तिमा खड्काबीच निरन्तर रुपमा व्यवसायिक सहकार्य हुँदै आएको छ । यो जोडी कहिले फिल्ममा त कहिले म्यूजिक भिडियोमा एकसाथ देखिने गरेको हुन्छ । उनीहरुलाई फिल्म र म्यूजिक भिडियोमा लिन चाहनेको संख्या ठूलो छ । तर, दुवै चित्त नबुझ्नेसम्म काम गर्दैनन् । म्यूजिक भिडियोमा गीत, फिल्ममा पात्र र टिम राम्रो खोज्छन् ।

फिल्म ‘घामड शेरे’मा पहिलो पटक एकसाथ काम गरेका निश्चल र स्वस्तिमाको अब कहिले र कुन प्रोक्जेक्टमा सहकार्य हुन्छ, स्पष्ट चित्र देखिसकेको छैन । निश्चलले निर्देशन गर्न लागेको नयाँ फिल्ममा स्वस्तिमाले काम गर्न सक्ने चर्चा छ । तर, स्वस्तिमालाई चाहिँ श्रीमान् बस्नेतले निर्देशन गर्ने फिल्ममा अभिनय गर्ने इच्छा छ कि छैन होला ? धेरैलाई यो चासो र जिज्ञासाको विषय पनि हुनसक्छ ।

स्वस्तिमाले सञ्चालन गर्दै आइरहेको ‘नेपाल्स् ट्वान्टिवन सेन्चुरी वुमन’ नामक शोमा अतिथी बनेर पुगेका निश्चलले उनलाई यही प्रश्न गरेका छन् । जवाफमा उनले अहिलेसम्म इच्छा नलाग्नुको कारण निश्चल बस्नेतले फिल्म नै नबनाएर रहेको बताएकी छन् । फिल्म अफर आएको खण्डमा काम गर्न इच्छा जाग्न सक्ने उनको भनाई छ । उनले निश्चललाई राम्रो निर्देशक भन्दै प्रशंसा पनि गरिन् ।

उनले भनेकी छन्, ‘निश्चलको श्रीमती वा अभिनेत्री भएका कारण मात्र फिल्म गरुँ न त भन्ने हिसाबले काम गर्दिनँ । एकजना कास्ट चाहियो स्वस्तिमालाई लिउँ न भनेर तपाईंले पनि मलाई कास्ट गर्नुहुन्न र मैले पनि गर्दिनँ । हामी कुन तरिकाले काम गर्छौं दुवैलाई एकअर्काको स्वभाव थाहा छ ।’ स्वस्तिमाले काम गर्ने वा नगर्ने भन्दा पनि पहिला फिल्म बनाउन निश्चललाई आग्रह गरेकी छन् ।

निर्देशक तथा कलाकार निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्का बैबाहिक जीवनमा बाँधिएको केही बर्ष भयो । उनीहरुले २०७२ सालको फागुनमा बिबाह गरेका थिए । उनीहरुले प्रेम पछिको मागी बिबाह गरेका थिए । निश्चल र स्वस्तिमाको जोडी चलचित्र क्षेत्रमा मात्र नभएर दर्शकमाझ पनि लोकप्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *