सम्पत्तिको लागि जितु नेपाल र साम्राज्ञीले गरे नक्कली विवाह (भिडियो सहित)

सम्पत्तिको लागि जितु नेपाल र साम्राज्ञीले गरे नक्कली विवाह (भिडियो सहित)

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । कपिल रिजाल निर्देशित फिल्म ‘ह्यारीकी प्यारी’मा जितु मुख्य पात्रको रूपमा देखिएका छन् । जितुसँग अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले स्क्रिन शेयर गरेकी छन् । बीआर प्रोडक्सनको प्रस्तुति रहेको फिल्म प्रेमकथामा आधारित छ ।

अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म ह्यारीकी प्यारी को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा पैसाको कारण अभिनेता जितु नेपाल र साम्राज्ञी राज्यलक्ष्मी शाहले विवाह गरेको प्रसंग देखाइएको छ।

फिल्मलाई डाक्टर कपिल रिजालले निर्देशन गरेका हुन् । बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञीसँगै विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतको अभिनय छ ।

साम्राज्ञीले पहिलोपटक कमेडी जनरामा हात हालेकी छन्, जहाँ उनको भूमिका यसपटक गाउँले युवतीको चरित्रमा हुनेछ । जितु एक्लै प्रमुख भूमिकामा प्रस्तुत हुँदैछन् । यो फिल्म माघ २० गतेदेखि प्रदर्शन हुँदैछ।

फिल्मको कथा निर्देशक रिजाल स्वयंले तयार पारेका हुन् भने पटकथा र संवाद उनीसँगै सुदीप बराल, गिरीराज घिमिरे, अभिमन्यू निरवीले मिलेर लेखेका हुन्। सुदीप बरालले छायांकन गरेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *