अहिले के गर्दैछिन् नायक दिलिप रायमाझीकी छाेरी दिब्या रायमाझी, कहाँ छिन् उनी ?

अहिले के गर्दैछिन् नायक दिलिप रायमाझीकी छाेरी दिब्या रायमाझी, कहाँ छिन् उनी ?

मनोरञ्जन

Sharing is caring!

नायक दिलिप रायमाझी नेपाली चलचित्र जगतका चर्चित हुन् । नेपाली चलचित्र जगतका चर्चित नायक दिलिप रायमाझीकी छोरीपनि अब जवान भएकी छिन् । उनी सामाजिक सञ्जालमा पनि निक्कै अपडेट हुन थालेकी छिन् । नेपालका चर्चित अभिनेता अभिनेत्रीका सन्तानहरु समेत आजकाल नेपाली चलचित्र क्षेत्रमा देखिन थालेको ट्रेण्डकै आधारमा उनीपनि चलचित्रमा बिस्तारै हात हाल्दैछिन् ।

अभिनेता दिलिप रायमाझीले अब छोरी दिब्यालाई समेत चलचित्र क्षेत्रमा ल्याउने तयारीमा रहेको बुझिएको छ । केहि पहिला उनी नयाँ फिल्मबाट डेब्यु गर्ने चर्चा चलेपनि त्यो सफल हुन सकेन । तरपनि उनी नेपाली फिल्मी नगरीमा लाग्ने उनका नजिकका ब्यक्तीहरू बताउछन् ।

सुन्दरताको हिसावमा चर्चित नायिकाहरुलाई पनि मात खुवाउँन सक्ने दिव्यालाई धेरैले फिल्म खेलाउँन अफर गरिसकेका छन् तर हाल अध्ययनका लागि अमेरिकामा रहेकी दिव्या कहिले डेब्यु गर्छिन् भन्ने चाँहि निर्क्याैल छैन ।

उनले शिवहरी पौडेलको फिल्मवाट डेब्यु गर्ने तयारी गरेको भनेर बजारमा चर्चा चलेपनि जुन सफल हुन सकेन । जे होस् उनकाे चर्चा भने सामाजिक संजालमा निकै चुलिएको छ । यसैक्रममा हामीले सामाजिक संजालबाट उनका केहि सुन्दर तस्बिर यहाँ प्रस्तुत गरेका छाै ।

लोकप्रिय नायक दिलिप रायमाझी पछिल्ला दिनमा अभिनय यात्रामा फेरी एक पटक सक्रिय बनेका छन् । दर्पण छायाँ, जिन्दगानी, मितिनी, लगायतका बहुचर्चित फिल्म खेलेर लामो समय चर्चा बटुलेका अभिनेता दिलिपकी छोरी दिब्या भने अहिलेसम्मको उनको बाटोमा हिँडेकी छैनन् । अर्थात अहिलेसम्म अभिनय यात्रामा देखिएकी छैनन् । दिलिपकी छोरी चलचित्रमा आउने हल्ला नचलेको भने होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *