पोखरा महोत्सबमा गाउदा गाउदै स्टेजबाट खसे भिटेन, लाइभ भिडियो सहित

मनोरञ्जन

Sharing is caring!

पाेखरा, ११ पुस । पोखरामा जारी पोखरा महोत्सबमा आफ्नो प्रस्तुती राख्ने क्रममा चर्चित र्यापर समिर घिसिंग अर्थात भिटेन स्टेजबाट लडेका छन । दशौ पोखरा महोत्सबको ११ दिनको कन्सर्टमा पुगेका भीटेन गित गाउदा गाउदै लडेका हुन् उनि लडीसके पछि उनको भिडियो कैद गर्ने पुगेका क्यामेरा मेनहरुले उनलाई उठाएका थिए पछी आयोजक सहितको टोलिले उनलाई उद्धार गरेका थिए तर उनले लडी सकेपछी पनि गित गाउँन छोडेनन

सहयोगीहरुले बोकेर लैजादै गर्दै पनि उनले गित गाएका थिए केही समय गाडीमै बसेर आरम गरेपछि उनले फेरी आफ्नो प्रस्तुति राखेका थिए ।कार्यक्रमका सिलसिलामा विभिन्न देश पुगिसकेका उनी चर्को पारिश्रमिक लिने र्‍यापरका रुपमा चिनिन्छन्। रौतहटको चन्द्रनिगाहपुरमा जन्मिएका २२ वर्षे समीरका बुबा कपिल लामा र आमा हेमा लामा हुन्। व्यवस्थापन संकायमा स्नातक तह अध्ययनरत उनी थान्का पेन्टिङ गर्ने र यसैको व्यवसायसमेत गर्छन्।

केहि समय अघि ‘हामी यस्तै त हो नि ब्रो…’ बोलको गीतमा प्रयोग भएका शब्द र सामाजिक सञ्जाल फेसबुकमा राखिएको तस्वीरलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउ परेलगतै उनको यो गीतलाई युट्युबबाट हटाउन लगाइएको थियो । हेर्नुहोस लाइभ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *