अनमोल केसीको ‘छड्के २’मा भिटेनको बबाल र्याप, यसरी हुँदैछ रेकर्डिङ्ग !

अनमोल केसीको ‘छड्के २’मा भिटेनको बबाल र्याप, यसरी हुँदैछ रेकर्डिङ्ग !

मनोरञ्जन

Sharing is caring!

अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘२.० छड्के’ को एक गीतमा चर्चित र्‍यापर भिटेनले स्वर भरेका छन्। बुधबार काठमाडौंको एक स्टुडियोमा रेकर्ड गरिएको फिल्मको गीतमा भिटेनले स्वर भरेका हुन्। यो फिल्म निर्माण सुरु भएदेखि नै चर्चामा छ । ५ दिने बिदामा फिल्मले बम्पर ओपनिङ गर्ने अपेक्षा गरिएको छ । यसैबिच, यो फिल्ममा र्यापटर भिटेनले नयाँ गीत तयार पारेका छन् ।

पाश्र्वगायनमा फर्किएका उनले ३ वर्ष अघि ‘सरौतो’ फिल्ममा गीत गाएका थिए । भिटेनको आवाजमा काठमाडौंको एक स्टुडियोमा गीतको रेकर्डिङ गरिएको छ । उनले बुधबार एक र्याप गीतमा स्वर दिए । यो गीतमा शब्द तथा संगीत पनि भिटेनकै छ । कथा सुहाउँदो भएका कारण आफूहरुले भिटेनको गीत फिल्मका लागि समावेश गरेको निर्माता प्रशान्त गिरीले जानकारी दिए ।

निर्माताले भिटेनसँगको तस्वीर समेत सार्वजनिक गरेका छन् । अर्को गीत अर्का र्‍यापर युनिक पोइटले गाउन लागेको बताइएको छ । ग्याङटार जनराको यो फिल्ममा अनमोलको भिन्न लुक्स देख्न सकिन्छ । फिल्ममा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगरको मुख्य भूमिका छ । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको छायांकन चितवन र मुस्ताङमा गरिएको हो ।

काभ्रे फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्ममा मेधा प्रोडक्शन र निर्भाना स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा निर्भाना स्कुल र लक्ष्मण काफ्ले छन् । यो बदालको कथामा तयार भएको ग्याङस्टार जनराको फिल्म हो । नायक अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘छड्के २’ फागूणको १९ गतेबाट रिलिज हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *