“हिमालय लोकस्टार नेपाल” को दोस्रो सिजनको निर्णायकमा लोकदोहोरीका बादशाहहरु रामजी खाँण र कुलेन्द्र बिश्वकर्मा

“हिमालय लोकस्टार नेपाल” को दोस्रो सिजनको निर्णायकमा लोकदोहोरीका बादशाहहरु रामजी खाँण र कुलेन्द्र बिश्वकर्मा

मनोरञ्जन

Sharing is caring!

काठमाडौं, नेपाल । लोक गायनमा आधारित रियालिटी शो “हिमालय लोकस्टार नेपाल” को दोस्रो सिजन माघ ३ गतेदेखि हिमालय टेलिभिजनबाट प्रसारण हुने भएको छ । शुक्रबार राती सम्पन्न “द भ्वाइस अफ नेपाल” को ग्राण्ड फिनालेमा उक्त शोको प्रसारण मिति घोषणा भएको हो ।

निर्णायकद्धय ज्योति मगर र कुलेन्द्र विश्वकर्माले मिति सार्वजनिक गरेका हुन् । जस अनुसार हरेक मंगलबार र बुधबार राति ८ बजेदेखि शो प्रसारण हुने भएको छ । रियालिटी शो “हिमालय लोकस्टार नेपाल” को दोस्रो सिजन को निर्णायकमा रामजी खाँण, कुलेन्द्र विश्वकर्मा, ज्योति मगर र लोकगायक कुमार बस्नेत छन् ।

महत्वपूर्ण कुरा के छ भने यो सिजनलाई पूर्वमिस नेपाल नम्रता श्रेष्ठले होस्ट गर्ने भएकी छन् । ‘नम्रतालाई होस्टको रुपमा हार्दिक स्वागत गर्दछौं,’ लोकस्टारले जनाएको छ । यस अघि कार्यक्रमको होस्ट तथा ब्राण्ड आइकनको रुपमा गायक प्रकाश सपुतको नाम सार्वजनिक गरिएको थियो ।

नेपाल लोकस्टार- २ का विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने हिमालय टेलिभिजनले जनाएको छ । शोको संगीत निर्देशकमा संगीतकार तथा एरेन्जर आशिष अविरल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *