गरिमा शर्मा र सुधिर श्रेष्ठको धुमधाम संग विवाह, वास्तविकता यस्तो (भिडियो हेर्नुहोस्)

गरिमा शर्मा र सुधिर श्रेष्ठको धुमधाम संग विवाह, वास्तविकता यस्तो (भिडियो हेर्नुहोस्)

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । गायिका रचना रिमाल र गायक भीम दोर्जे तामाङको स्वर रहेको दिलराजा बोलको गीतको भिडियो रिलिज गरिएकाे छ । सार्वजनिक गीतमा शब्द र संगीत रमेश दर्नालको छ । काठमाडौंको चोभार, कपन, भद्रकाली लगायतका स्थानमा छायांकन गरिएको भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्वय गरिमा शर्मा र सुधिर श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

भिडियोले गहिरो प्रेममा रहेको एक मायालु जोडीको सफलताको प्रेम कथालाई देखाएको छ । गीतकार लोकराज अधिकारी क्रिएटिभ डाइरेक्टर रहेको भिडियोमा सुब्रत आचार्य अतिथि कलाकारको रुपमा छन् ।

शरद पाण्डेको कन्सेप्ट र निर्देशन रहेको भिडियोको छायांकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालले गरेका हुन् । जसको निर्माण दिपखुशी लामाले गरेकी हुन् । भिडियो निर्मात्री लामाकै अफिसियल च्यानलबाट बजारमा आएको हो । भिडियो हेर्नुहोस् ।

यो पनि : बेल्जियमस्थित केसेलोमा सांस्कृतिक कार्यक्रम सम्पन्न, बेल्जियम । बेल्जियमस्थित केसेलोमा नेपाली समाजद्वारा नयाँ वर्षको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रम आयोजना सम्पन्न भएको छ । कार्यक्रमको आयोजना केसेलो निवासी सामाजिक व्यक्तित्व चोकराज तमु र बोधराज पौड्यालको गरेका हुन् ।

कार्यक्रम सफल बनाउन केसेलो निवासी अनिता लामा र स्थानीय कलाकार अनु मगर (निसा)ले सहयोग गरेका छन् । नयाँ वर्षको कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरूको आकर्षक प्रस्तुतीका साथ उपस्थित दर्शकहरूले भरपूर मनोरञ्जन लिए । नेपालीहरूले परदेशको व्यस्त समयमा एकै ठाउँ भेला भएर नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै एकआपसमा दुखसुख साटासाट गरे ।

चर्चित गायक डेबिट शंकर, सुमधुर स्वरकी धनी गायिका मल्लिका कार्की र चर्चित हाँस्य कलाकार पल्पसा डङ्गोलको आकर्षक प्रस्तुतिबाट माहौल निकै रोमाञ्चक बनेको थियो । गायक डेबिट शंकरले ‘औठी चिनो साटे मैले पहिलो नम्बरमा’, ‘फरफनी घुमेको कमरमा’लगायतका दर्जन गीत गाए । गायिका मल्लिका कार्कीले ‘यति धेरै मान्छेको भीडमा एउटा मान्छे छ मेरो मनमा’ लगायतका दर्जनौँ गीत गाएर सबैलाई नचाइन् ।

उक्त सांगितिक कार्यक्रममा मरक्को, टर्की र बेल्जियमका नागरिकहरूले समेत नेपाली गीतसंगीतमा अत्यन्त सुन्दर नृत्य गरे । उनीहरूको नृत्यलाई हेरेर भन्न सकिन्थ्यो संगीतको कुनै भाषा हुँदैन । र, यो गहकिलो कथन नायिका पार्बती अधिकारीको थियो ।

बेल्जियमको विभिन्न सहरबाट मात्र नभई कार्यक्रममा होल्यान्डका विभिन्न सहरबाट पनि नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । आयोजक टिमका चोकराज गुरुङले आफूले कला, संस्कृति र कलाकारलाई निकै माया गर्ने बताउदै यस्ता कार्यक्रमले सामाजिक सद्भाव कामम राख्न आपसमा हार्दिकता, आत्मीयता, सामिप्यता बढाउन मदत गर्ने विश्वासले आयोजना गरेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *