माइकल ज्याक्सनको पूर्वपत्नि गायिका लिसा मारिया प्रेस्लेको मृ त्यु

माइकल ज्याक्सनको पूर्वपत्नि गायिका लिसा मारिया प्रेस्लेको मृ त्यु

मनोरञ्जन

Sharing is caring!

अमेरिकी गायिका लिसा मारिया प्रेस्लेको मृ त्यु भएको छ। ५४ वर्षिया लिसाको बिहीबार मृ त्यु भएको हो। हृदयाघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। उपचारको क्रममा उनको निधन भएको बिबिसीले उल्लेख गरेको छ।

उनको परिवारिक श्रोतअनुसार उनी क्यालिफोर्नियाको कालाबाससस्थित आफ्नो घरमा अचेत अवस्थामा भेटिएकी थिइन्। उनी चर्चित अमेरिकी अभिनेता, गायक तथा संगीतकार एल्भिस प्रेस्लेकी छोरी हुन्। आमाबुवाको सम्बन्धविच्छेदपछि उनी आफ्नी आमासँग क्यालिफोर्नियामा बस्थिन्। केही समयपछि उनले आफ्नो बुवालाई भेटेकी थिइन्।

उनको बुवाको सन् १९७७ मा मृ त्यु भएको थियो। त्यतिबेला उनी ९ वर्षको थिइन्। लिसाले चार पटक विवाह गरेकी छन्। उनले सन् १९९४ मा संगीतकार डेनी केफसँग विवाह गरेकी थिइन्। डेनीसँग सम्बन्धविच्छेद गरेको २० दिनपछि उनले पप-स्टार माइकल ज्याक्सनसँग विवाह गरेकी थिइन्।

उनका बुबा एल्भिस अमेरिकी चर्चित अभिनेता, गायक तथा संगीतकार थिए । एल्भिसको १९७७ मा मृत्यु भएको थियो । ४ पटक विवाह गरेकी उनले सो लभ्ली, ओभर मी, इडियट, लाइट आउट, नोबडी नोटिस्ड इट लगायत गीतमा स्वर दिएकी छन् । उनले माइकलसँग २०१६ मा सम्बन्धविच्छेद गरेकी थिइन्।

यो पनि- साउदीमा थप ७४ नेपालीले पाए एक्जिट भिसा, दोहा – साउदी अरबमा विभिन्न कारण अवैध बसोबास गर्दै आएका थप ७४ नेपालीले ‘एक्जिट भिसा’ (बहिर्गमन भिसा) पाएका छन्। साउदीको रियादबाट ४२ र दमामबाट ३२ नेपालीले एक्जिट भिसा पाएको रियादस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार साउदी अरेबियाका विभिन्न कम्पनी तथा प्रतिष्ठानहरूमा कार्यरत रहँदा साउदी आवासीय अनुमति पत्र (इकामा) नबनाइएका वा नवीकरण नगरिएका वा हुरूब लगाइएका नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसाका लागि सम्बन्धित साउदी निकायमा अनुरोध गरिएको थियो।

अवैध रूपमा साउदीमा रहेका आप्रवासी कामदार स्वदेश फर्कनु परे अनिवार्य रूपमा एक्जिट भिसा आवश्यक पर्छ। एक्जिट भिसा नभएसम्म कामदार स्वदेश फर्कन पाउँदैनन्। सम्बन्धित देशको दूतावासले अनुरोध गरेपछि साउदी सरकारले एक्जिट भिसा उपलब्ध गराउने गर्छ। यसैगरी, साउदी जवाजतको नयाँ नियम अनुसार हुरूब लागेकाहरूले एक्जिट भिसा लागेको २ हप्ताभित्र साउदी छोडिसक्नु पर्ने भएको दूतावासले जनाएको छ।

केही आवेदकको एक्जिट भिसा लागेको केहि समय भइसकेकाले दूतावासले प्रकाशित गरेको लिष्टमा नाम भएका हुरूब लागेका व्यक्तिहरूले अनिवार्य रूपमा अबको ७ दिन भित्रै साउदी छोडी सक्न पनि दूतावासले अनुरोध गरेको छ। अरूलाई पनि आफ्नो एक्जिट भिसाको म्याद हेर्न र एक्जिट भिसाको म्याद भित्रै साउदी छोड्न दूतावासले भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *