‘मनसँग मन’को टिजर सार्वजनिक , बर्षा र पुष्पको प्रेम (भिडियो) – Satyapati

‘मनसँग मन’को टिजर सार्वजनिक , बर्षा र पुष्पको प्रेम (भिडियो) – Satyapati

मनोरञ्जन

Sharing is caring!

फिल्म ‘मनसँग मन’को टिजर सार्वजनिक भएको छ ।  युट्युबमा सार्वजनिक गरिएको ४२ सेकेन्ड लम्बाईको टिजरमा अभिनेता पुष्प खड्काको अभिनेत्री वर्षा सिवाकोटीलाई देखाइएको छ ।

फिल्मलाई कैलाश राईले निर्देशन गरेका हुन् ।सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको फिल्मको निर्माता अरुण तामाङ हुन् ।

https://www.youtube.com/watch?v=YYPHi1A9VpRYPHi1A9VpRY

अर्जुन पोखरेल, अगोम गुरुङ र दीपक शर्माको संगीत रहेको फिल्मको छायांकन दार्जिलिङ क्षेत्रमा भएको हो । फिल्ममा वुद्दि तामाङ, रविन्द्र झा, महेन्द्र बगदास, चाँदनी प्रधान, शान्ति दाको पनि अभिनय रहेको छ ।

फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी, कैलाश राइको कथा तथा पटकथा छ ।आगामी माघ २७ गतेबाट प्रदर्शनमा आउने लभस्टोरी कथामा आधारित छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *