९ बर्षको पखाई पछि अनमोल र आनाले दिए दर्शकलाई खुशीको खबर

९ बर्षको पखाई पछि अनमोल र आनाले दिए दर्शकलाई खुशीको खबर

मनोरञ्जन

Sharing is caring!

कुनै समयको अनस्क्रिन र अफस्क्रिन जोडी नायक अनमोल केसी र नायिका आना शर्माले ९ बर्षपछि फेरि पर्दा सेयर गर्ने भएका छन् । यी दुईले फिल्म ‘जेरी’मा एकैसाथ काम गरेका थिए । यसपछि, आना र अनमोलको प्रेम चर्चा पनि सुरु भएको थियो ।

‘जेरी’ अनमोलको दोस्रो फिल्म थियो भने आनाको डेब्यू फिल्म थियो । ९ बषपछि निर्माता सरोज न्यौपानेले यसको सिरिज ‘जेरी २’ बनाउन लागेका हुन् । यो फिल्मको छायांकन एक महिनापछि सुरु हुनेछ ।

फिल्ममा पूर्णिमा सिंजापति नायिकाको रुपमा फाइनल भैसकेकी छिन् । २ नायिका र १ नायकको त्रिकोणात्मक प्रेम कथामा फिल्म बनाउने तयारी निर्देशक हेमराज वीसीको छ । यो फिल्मको छायांकन लुक्ला, सगरमाथाको आधार शिविर, अमेरिका र अष्ट्रेलीयामा गर्ने तयारी निर्माताको छ ।

सरोज न्यौपाने र रामकृष्ण श्रेष्ठको लगानीमा बन्न लागेको फिल्म आना र अनमोललाई एकैसाथ पर्दामा हेर्न चाहने दर्शकका लागि अझै विशेष हुनेछ । अनमोल केसी र आना शर्माको जोडी पनि उत्तिकै लोकप्रिय बनेको छ । ‘जेरी’ गर्दासम्म प्रेमी प्रेमिकाको सम्बन्धमा रहेका भनि चर्चा चलेका उनीहरू अनमोल अर्को फिल्मको सुटिङमा लागेसँगै छुटेको थियो ।

अनमोल ‘ड्रिम्स’ सुटिङमा व्यस्त भइरहँदा आना र उनको ब्रेकअप भएको थियो । त्यसयता अनमोलको नाम सारा सिरपाइली र आज्ञा कारन्जितसँग जोडिएको थियो भने आना पनि सोनम शेर्पासँग अफेयरमा रहेकी थिइन् । आजभोलि आना गायक सुशान्त केसीसँग देखिँदै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *