दीपाश्री भन्छिन – जितु ‘छक्का पञ्जा’बाट बाहिरिन सक्दैन, किनकी उ मन भित्रको मान्छे हो

दीपाश्री भन्छिन – जितु ‘छक्का पञ्जा’बाट बाहिरिन सक्दैन, किनकी उ मन भित्रको मान्छे हो

मनोरञ्जन

Sharing is caring!

काठमाडौं – अभिनेत्री दीपाश्री निरौला ले कलाकार जितु नेपाल आफ्नो मनको मान्छे भउको बताएकी छन् । दीपकराज गिरी र दीपाश्री निरौला टिमको विश्वास पात्रको रुपमा चिनिएका नेपाल ‘छक्का पञ्जा’को चौंथो श्रृंखलामा नअटेपछि टिम फुटेको चर्चा भइरहेको बेला उनको यस्तो भनााइ आएको हो ।

यही माघ २० गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘ह्यारी कि प्यारी’को प्रचार गर्न बुधबार कमेडी क्लबमा पुगेका जितुलाई दीपालाई यस्तो बताएकी हुन् । मुन्द्रेले आफ्नो शोमार्फत् मलाई अध्यक्षमा स्थापित गराएको थियो ।

आज म अध्यक्ष रहेको शोमा मुन्द्रे आउने भन्ने थाहा पाउँदा निकै उत्साहित भएको बताएकी हुन् । केही समय पहिले ए क अन्र्तवार्तामा जितुले शोबाट दीपाश्रीलाई हटाएपछि आफ्नो गल्ती देखिएकोले टिमबाट अलग हुनुपरेको आशय व्यक्त गरेपछि उनको भनाइ बाहिर आएको हो । त्यस्तै फिल्म ‘ह्यारी कि प्यारीमा जितु र साम्राज्ञीको जोडी मन परेको बताएकी छन् ।

ह्यारी कि प्यारीमा ब्यस्त भएका जितु जसरी टीभी सिरियलबाट मुन्द्रेको रुपमा उनी स्थापित भए, उसैगरी के उनले ह्यारी चरित्रको रुपमा आफूलाई स्थापित गर्लान् ? जितुको भनाइ छ, ‘फिल्ममा मेरो पात्रको नाम हरिप्रसाद चौलागाईं हो तर काकाले मलाई ह्यारी भनेर बोलाउनुहुन्छ । दर्शकले पनि ह्यारीकै रुपमा लिनुहुन्छ भन्ने पक्का छ ।’

माघ २० गते प्रदर्शनको तयारीमा रहेको यो फिल्म जितुका लागि निकै अर्थपूर्ण छ किनभने छक्कापञ्जा समूहबाट अलग भएर उनी फिल्मको लिड अभिनेताको रुपमा यसमा देखिंदैछन् । सिङ्गो फिल्मलाई बोक्ने लिड एक्टरको रुपमा के दर्शकले उनलाई स्वीकार्लान् ? यो प्रश्न जितुका लागि निकै महत्वपूर्ण देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *