काठमाडौं । कुनै समय अभिनेता नाना पाटेकर र अभिनेत्री मनिषा कोइरालाबीचको अफेयरको खबरले बलिउड तातेको थियो । नानाले हालै फिल्मफेयर म्यागजिनसँगको अन्तर्वार्तामा मनिषासँगको अफेयरबारे कुरा गरेपछि यी दुईबीचको चर्चाले बलिउड फेरि गर्माएको छ ।
उक्त अन्तर्वार्तामा नानाले मनिषासँग आफ्नो विवाहेत्तर सम्बन्ध रहेको पनि स्वीकारेका छन् । यी दुईबीच प्रेमकथाको सुखद अन्त्य चाहिं हुन सकेन । यी दुईबीचको सम्बन्धमा कस्तो मोड आयो जसले सम्बन्धको टुंगियो भन्नेबारे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।