दुधे बालकलाई तातो पानी खन्याएको आरोप लागेसँगै बोले गायक राजेश पायल राई • OSNepal

दुधे बालकलाई तातो पानी खन्याएको आरोप लागेसँगै बोले गायक राजेश पायल राई • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । लोकप्रिय गायक राजेश पायल राईले आँफुलाई सिध्याउनका लागि ठूलै गिरोह नै लागिपरिरहेको आरोप लगाएका छन् । उनले बिना प्रमाण आफ्नो मानहानि गर्न खोजिएको भन्दै फेसबुकमा एक स्टाटस लेखेर कसैको एउटै स्टाटसको भरमा गालीगलौज गरिएको र व्यक्तिगत विवरणहरू प्रकाशित गरिएको गुनासो गरेका छन् ।

राजेश पायलकी पत्नी साङबुङ राईको एउटा स्टाटस लेख्दै आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको भन्ने उल्लेख भएको आधारमा आएको समाचारको खण्डन गर्दै गायक राईले त्यस्तो बताएका हुन् । गायक पत्नि साङबुङले मङ्गलवार दिउँसो एकाएक फेसबुकमा राजेशले आफ्नो सानो छोरालाई तातो पानी खन्याईदिएको भन्दै स्टाटस लेखिन् । उनले फेसबुकमा लेखेकी छिन् (आज मेरो दुधे बालक जसको बोली पनि फुटेको छैन) लाई तातो पानी खन्यायो।

भोलि गएर हामी आमा छोरालाई तातो पानी खन्याउन पनि बेर लगाउँदैन। मेरो सानु छिटो निको हुनु, पापी बाउ । उनले राजेशलाई आरोप लगाउँदै लेखेको स्टाटस क्षणभरमा नै भाइरल बन्यो । र उनको फेसबुक अहिले डिएक्टिभेट भएको छ । राईकी पत्नि साङबुङले लेखेको उक्त स्टाटसकै आधारमा आएका समाचारहरुप्रति राजेशले आपत्ति जनाएका छन् । उक्त स्टाटसको स्क्रिन सट सेयर गर्दै राजेश पायलमाथि विभिन्न प्रश्न उठाइएका थिए । उक्त स्टाटसपछि गायक राईले भनेका छन् ‘बिना प्रमाण यत्रो मानहानि गर्न मिल्छ ?

अनेक–अनेक तुच्छ भाषा प्रयोग गर्न मिल्छ ? आउनुस् म चुनौती दिन्छु, यदि प्रमाण ल्याउनुभयो भने तपाईँको पाउमा मेरो शिर राखिदिन्छु ।’ ‘हिजो घटेको घटना रहेछ, बच्चालाई हस्पिटल लगेको होला, नलगे पनि हिजो खन्याको तातोपानी त पक्कै पानी फोका उठ्यो होला, रातो दाग होला ! घाउ होला ,प्रमाण ल्याउनुस्, मेरो शिर तपाईँको हातमा राखिनँ भने म किराँती होइन ।

यदि मेरो नाम प्रयोग गरेर आफ्नो पत्रकारिता, यानेकि तपाईँको चुल्हो बल्छ भने त म खुशी नै हुन्छु र अझ प्रार्थनै गर्छु, मलाई झन् सराप्नुस् तर त्यति गर्दा चैँ तपाईँ को चुल्हो बल्नु पर्छ नि ? गायक राईले आफ्नो भलो नचिताउने र करिअर समाप्त गराउने गिरोह सक्रिय हुन लागेको समेत गम्भिर आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *