अन्तिम श्रद्धाञ्जलीको तयारी गरिरहेका बेला निर्देशक सतीश कौशिकको पोष्टमार्टम रिर्पाेट यस्तो आयो • OSNepal

अन्तिम श्रद्धाञ्जलीको तयारी गरिरहेका बेला निर्देशक सतीश कौशिकको पोष्टमार्टम रिर्पाेट यस्तो आयो • OSNepal

मनोरञ्जन

Sharing is caring!

बलिउडका चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकको हृदयघातका कारण निधन भएको छ । अनुपम खेरले ट्वीट गर्दै सतीश कौशिकको मृत्युको खबर पुष्टि गरेका थिए । सतीश कौशिशको अन्तिम संस्कार अघि पोस्टमार्टम गरिएको थियो। अब सतीशको शवको पोस्टमार्टम रिपोर्ट आएको छ, जसमा उनको मृत्युको कारण खुल्न आएको छ ।

समाचार एजेन्सी एएनआईको आधिकारिक ट्विटर ह्यान्डलमा सतीश कौशिकको पोस्टमार्टम रिपोर्टको बारेमा एक पोस्ट साझा गरिएको छ, जसमा अभिनेताको पोस्टमार्टम गरिएको छ। प्रारम्भिक रिपोर्टमा उनको शरिरमा चोटपटकको निशान भने भेटिएको छैन । रिपोर्टहरूमा, अभिनेताको मृत्युको कारण कार्डियक अरेस्ट भनिएको छ।

समाचार एजेन्सी पीटीआईसँगको कुराकानीमा अनुपम खेरले सतीशलाई अस्पताल लैजाँदै गर्दा बाटोमा हृदयघात भएको बताए । उनले भने, ुसतीश कौशिकलाई असहज महसुस भइरहेको थियो। उनले चालकलाई अस्पताल लैजान भने र बाटोमा करिब एक बजे उनलाई हृदयघात भयो । समाचार अनुसार सतीश कौशिकको पार्थिव शरीर मुम्बई प्रस्थान गरेको छ, जहाँ उनको आज साँझ ५ बजे अन्तिम संस्कार गरिने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *