आज देखी ‘भ्वाइस किड्स सिजन-२’ को प्रसारण सुरु • OSNepal

आज देखी ‘भ्वाइस किड्स सिजन-२’ को प्रसारण सुरु • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । टेलिभिजन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन-२’ को प्रसारण आज देखि सुरु भएको छ । बिहीबार पूर्वसन्ध्यामा बानेश्वरस्थित वान सिनेमाज् हलमा पहिलो एपिसोडलाई प्रिमियर गरिउको थियो ।

प्रिमियरमा निर्देशक लक्ष्मण पौडेल, कोच प्रमोद खरेल र प्रस्तोता सुशिल नेपाल उपस्थित थिए । प्रस्तोता नेपालले पहिलो सिजन सिकाइ रहेको बताउँदै दोस्रो सिजनमा अझै राम्रो गर्ने बताए । यसपटकको सिजनमा सुशान्त केसी कोचको रुपमा भित्रिएका छन् । प्रमोदसहित प्रविशा अधिकारी र मिलन नेवार कोचको रुपमा निरन्तर हुनेछन् ।

या सिजनमा राजु लामा देखिने छैन् । कार्यक्रम हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि प्रसारण हुनेछ । ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल प्रतिभाले अघि बढ्ने मौका पाउनेछन् । हिमालय टेलिभिजनले चर्चित रियालिटी शोहरुलाई उत्पादन तथा प्रसारण गर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *