जेलबाट निस्किएर परिवारसँग समय बिताइरहेका पलले पहिलो भिडियो मलिकासँग खेल्ने • OSNepal

जेलबाट निस्किएर परिवारसँग समय बिताइरहेका पलले पहिलो भिडियो मलिकासँग खेल्ने • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौँ । गत हप्ता जेलबाट रिहा भएका अभिनेता पल शाह अब अभिनयमा फर्किने तयारीमा छन् । फागुण १५ गते अदालतबाट सफाई पाए लगत्तै पोखरा गएर फ्रेस भएर काठमाडौँ आएका पलले अहिले आफ्नो सुटिगंको सेड्युल मिलाइरहेका छन् ।

हाल परिवारसँग समय बिताइरहेका पलले आधा दर्जन बढी फिल्म र ५० भन्दा बढी म्यूजिक भिडियोमा काम गर्ने वचन दिइसकेका छन् । जसका लागि उनले गत वर्ष नै समय दिएका फिल्म र भिडियोलाई नै पहिला गर्ने बताइन्छ ।

पललाई हालै उनको निवासमा नै पुगेर भेटेर फर्किएका म्यूजिक भिडियो निर्देशकका अन्ुसार पलले सबैभन्दा पहिला आफ्नै च्यानलका लागि भिडियो खेल्दैछन् । जसमा मलिकाले अभिनय गर्ने संभावना बढी छ । यसअघि पलले मलिकासँग फुल बुट्टे सारीमा अभिनय गरेका थिए ।

४ दर्जन बढी भिडियोको लागि पनि पलले वचन दिइसकेका कारण फिल्महरु साइन गर्नु अघि केही भिडियोको काम सकिहाल्ने पललाई भेटेर फर्किएका निर्देशक बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *