हिट फिल्म दिन नसकेका केकी र बेनिशालाई दीपकले साथ दिएपछि खेल्न पाए हिट फिल्म • OSNepal

हिट फिल्म दिन नसकेका केकी र बेनिशालाई दीपकले साथ दिएपछि खेल्न पाए हिट फिल्म • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौँ । नायिका केकी अधिकारी र बेनिशा हमाल चलेका कलाकार हुन् । म्यूजिक भिडियोमा खुबै रुचाइएका यी सुन्दरी अभिनेत्रीहरु आँफु चले पनि यी दुईले अभिनय गरेका फिल्महरु भने चलेनन् । तर यी दुईलाई चलाउन काम गर्यो ठूलो र चलेको भनिएको व्यानर ‘छक्का पन्जा’ले ।

यी दुबै नायिकाले करिअरमा हिट फिल्म दिन नसकेर छटपटाइरहेका बेला केकीले ‘छ माया छपक्कै’मा अभिनय गर्ने मौका पाइन् भने बेनिशाले हाल हलमा लागिरहेको प्रतिक्षित फिल्म ‘छक्का पन्जा ४’मा काम गर्ने मौका पाएसँगै उनको करियर नै झलमल्ल बन्न पुगेको छ ।

केकी अधिकारीलाई निर्माता तथा कलाकार दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै’मा अभिनय गराएर खुशी भरिदिए भने बेनिशा हमाललाई पनि ‘छक्का पन्जा ४’ले फलिफाप बनाइदियो । जुन कामले यी दुवै सुन्दरी अहिले खुशी देखिएका छन् । यसको श्रेय कलाकारद्धय दीपकराज गिरी र दीपाश्री निरौलालाई जान्छ नै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *