सलमानलाई नै लिएर ‘तेरे नाम २’ बनाउन चाहन्थे सतीश कौशिक तर पुरा हुन पाएन सपना • OSNepal

सलमानलाई नै लिएर ‘तेरे नाम २’ बनाउन चाहन्थे सतीश कौशिक तर पुरा हुन पाएन सपना • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौं – प्रख्यात अभिनेता तथा निर्देशक सतीश कौशिकको निधनले बलिउड इन्डस्ट्री स्तब्ध बनेको छ । ६६ वर्षको उमेरमा उनले बिहीबार अन्तिम सास लिए । शवना आजमीको निवासमा मस्तसँग ७ मार्चमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएका थिए ।

महिमा चौधरी, जाबेद अख्तरसँग होली खेलेको त्यो होलीको तस्विर उनले सामाजिक सञ्जालमा राखेका थिए ।परिवारसँग होली खेलिरहेका उनले असहज महशुश गरे पछि फरटिज अस्पतालमा भर्ना गरिएको थियो, उनले राती सदाका लागि संसार छाडेका थिए । सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए ।

कौशिकले ‘हम आपके दिलमे रहेते है’ ‘तेरे नाम’ जस्ता चर्चित फिल्म निर्देशन गरेका थिए । सतीश कौशिकले तीन वर्षअघि एक अन्तर्वार्तामा भनेका थिए, ‘मसँग ‘तेरे नाम २’ का कहानी त छ तर बन्छ या बन्दैन सलमानसँग कुराकानी गरेको छैन् । यदि बन्यो भने म एकदमै खुसी हुनेछु । ‘तेरे नाम २’ गर्नुपर्छ भन्ने कुरा खासमा सलमानको दिमागमा नै आउनु पर्छ । किनकि, ऊ अहिलेको ठूलो स्टार हो ।’

‘तेरे नाममा सलमानले गरेको अभिनयको खुबै चर्चा भएको थियो । उनको अन्तिम निर्देशकिय फिल्म ‘कागज २’ हो, जसको छायांकन सकिएर अब प्रदर्शन हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *