दिनेश गौतमको सुमधुर स्वरमा सजिएको मर्मस्पर्शी गित परदेशी सार्वजनिक भएको छ । मनै छुने यस गितको शब्द तथा संगीत पुस्तक प्रसादले भरेका छन् । संगीत एरेन्जको काम एस के बच्चाले गरेका छन् । गितमा गायक दिनेश गौतम आफैले ससक्त अभिनय गरेका छन् ।
गीतमा राम चन्द्र गौतम, लिला केसी , सुदीप ढकाल , एलिना ठकुरी, बद्री चौँलागाई, निर्मल खत्री, सागर पुन मगरको अभिनय रहेको छ । गितको छायाँकन तथा निर्देशन रामजी लामिछानेले गरेका छन् । यो गित दिनेश गौतम अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।