शाहरुख खानका फ्यानहरुका लागि खुसीको खबर । पठानपछि किङ खानले फेरि बक्स अफिसमा धमाका गर्ने छन् । निर्देशक सिद्धार्थ आनन्द आफैंले ट्वीटरमा शाहरुख खान आफ्नो आगामी फिल्म ‘धूम–४’ को हिस्सा हुने खुलासा गरेका छन् । चार वर्षपछि बलिउडमा किंग खानको कमब्याक फिल्म पठानले धेरै फिल्मको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेको छ ।
बहरल पछि शाहरुखको पठानका तीन फिल्म पाइपलाइनमा छन् । पहिलो फिल्म निर्देशक एट्लीको जवान हो। जवानमा शाहरुख खानसँग साउथ अभिनेत्री नयनताराको जोडी रहनेछ ।यसपछि शाहरुख तापसी पन्नुसँग डन्कीमा रमाउनेछन् । पठानपछि किङ खानले फेरि धेरैजसो निर्देशकको विश्वास जितेका छन् । यही कारण बलिउडका अधिकांश निर्देशकहरू उनको फिल्मका लागि उनलाई निरन्तर सम्पर्क गरिरहेका छन् ।
अब शाहरुखको आगामी फिल्मको लिस्टमा अर्को बिग ब्याङ फिल्मको नाम थपिएको छ, त्यो हो धूम ४ । हो, अब किङ खानले धूम ४ बाट पनि आँधी ल्याउनेछन् । फिल्म पठानको ठूलो सफलताबाट सिद्धार्थ आनन्द निकै खुसी देखिन्छन्, त्यसैले उनले धूमको चौथो संस्करणका लागि शाहरुखलाई साइन गरेका छन् ।अर्को ठूलो फिल्मको घोषणा भएपछि ‘शाहरुख खान’का फ्यानहरु खुसीले उफ्रिरहेका छन् । पठानसँग टक्कर दिएपछि सिद्धार्थ आनन्द र शाहरुखको जोडी अब ‘धूम ४’ बाट पुनस् धमाका गर्न तयार छ ।
अर्थात् अब फेरि बक्स अफिसमा धमाका हुने भएको छ । सुपरहिट फिल्म धूमको फ्रेन्चाइजी धुम ४ को बारेमा ठूलो घोषणा गरिएको छ ।‘पठान’ ले विश्वभर बक्स अफिसमा धमाका मच्चाएपछि निर्देशक सिद्धार्थ आनन्दले आफ्नो वाचा अनुसार साँझ फिल्म ‘धूम ४’ को बारेमा ठूलो घोषणा गरेका छन् । निर्देशकले ‘धूम ४’ मा शाहरुख खान नायकको रुपमा पर्दामा आउने घोषणा गरेका छन् । यो जानकारी उनले आफैंले सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।