चर्चित बलिउड गायक हनी सिंह नेपाल आउँदै  • OSNepal

चर्चित बलिउड गायक हनी सिंह नेपाल आउँदै  • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौं – चर्चित बलिउड गायक हनी सिंह पहिलो पटक नेपाल आउने भएका छन् । काठमाडौं बौद्धस्थित होटल ह्यात रिजेन्सीको सांगीतिक कार्यक्रममा सहभागी हुन उनी काठमाडौं आउने भएका हुन् । युनिफाइ नेपालको आयोजनामा हुने कार्यक्रममा उनको सहभागिता रहने आयोजकले जनाएका छन्।

ह्यातमा हुने कार्यक्रमको टिकट सबै मूल्यसम्बन्धी जानकारी ई-सेवामा राखिएको छ । १ हजारदेखि माथि र भिआइपी टिकटको २ हजार रूपैयाँभन्दा बढी हुन सक्ने भनिए पनि अहिले सम्म टिकटको मुल्य भने निश्चित भइनसकेको बताइएको छ ।

हनीले नेपालमा हुने सांगीतिक कार्यक्रममा आफ्नो चर्चित गीतहरूको प्रस्तुती दिनेछन्। उका ब्लु आइज, धिरे धिरे र चार बोतल भोडकाु लगायतका गीतहरू चर्चित छन् ।

नेपाल भारतको छिमेकी मुलुक भएकाले मलाई धेरै मनपर्छ। चाँडै नेपाल आउँदैछु निफाइ नेपालका रविन श्रेष्ठ, रितेश मारवाडी र एल्भिस रन्जीतसँगको भेटमा सिंहले बताएका थिए । हनीले सन् २०१२ मा पन्जाबी फिल्म ‘अन टोल्ड स्टोरी’ मा अभिनय गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *