चलचित्र जगतमा जतिबेला रामायणको चर्चा हुन्छ, सबै भन्दा पहिले जनताको ओठमा रामानन्द सागरको नाम आउँछ । यो सिरियल बनेको ३५ वर्षभन्दा बढी भइसक्यो तर आज पनि शोका पात्रहरू जनताको मनमा जीवित छन् । रामायणमा भगवान रामको कुरा गर्दा अभिनेता अरुण गोविलको तस्बिर दर्शकको मन–मस्तिष्कमा स्मरणीय छ । उता सीताको भूमिकामा दीपिका चिखलिया अझै पनि दर्शकको मनमा बस्न सफल भईरहेकी छिन् ।
यी दुईको जोडीलाई दर्शकले निकै रुचाएका थिए, अब यी दुई एकपटक फेरि एकसाथ देखिने भएका छन् । दीपिका र अरुण गोविलका फ्यानहरुको प्रतिक्षा अब सकिएको छ । टिभीको यो हिट जोडी अब सिल्वर स्क्रिनमा देखिने भएको छ । अरुण गोभिल र दीपिका चिखलियाले पनि यो नयाँ प्रोजेक्टको सुटिङ सुरु गरिसकेका छन्, जसको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
दीपिकाले अरुण गोविलसँग सेटबाट एउटा बिटिएस भिडियो सेयर गरिन्। यो भिडियो हेरेर फ्यानहरु खुसी भएका छन् । यस भिडियोमा दीपिका चिखलिया सारी लगाएकी देखिएकी छिन् । यससँगै दोस्रो दृश्यमा उनी आफ्नो कोस्टार अरुण गोविलसँग कुरा गरिरहेको देखिएकी छिन् । सिंदूर, निधारमा ठूलो बिन्दी र घाँटीमा मंगलसूत्र लगाएकी दीपिकाको लुक एकदमै साधारण छ ।
यसबाहेक दपिका पनि भ्यानिटी भ्यानमा बसेर स्क्रिप्ट पढिरहेको देखिएकी छिन् । यसबाहेक दीपिकाको भ्यानिटी भ्यानमा एउटा पेपर स्लिप छ, जसमा माथि शारदाको नाम र तल दीपिकाको नाम लेखिएको छ, जसलाई हेरेर यो नयाँ प्रोजेक्टमा दीपिका ‘शारदा’ नामक पात्रमा देखिने अनुमान गरिएको छ ।