पैसाले टाट पल्टँदा अमिताभ बच्चनले अघि बढ्न प्रेरणा दिए : अनुपम खेर • OSNepal

पैसाले टाट पल्टँदा अमिताभ बच्चनले अघि बढ्न प्रेरणा दिए : अनुपम खेर • OSNepal

मनोरञ्जन

Sharing is caring!

मुम्बई । बलिउड अभिनेता अनुपम खेरले आफु आर्थिक रुपमा टाट पल्टँदा अभिनेता अमिताभ बच्चनले अघि बढ्ना प्रेरणा दिएको बताएका छन् । एक अन्तर्वार्तामा अनुपम खेरले भनेका छन्, ‘सन् २००४ मा यस्तो समय आयो । जबकी त्यतिबेला म पूर्णरुपमा पैसाविहीन भएको थिएँ । तर, अभिनेता अमिताभको प्रेरणा र सहयोगले मै फेरि करियर सुरु गरेँ ।’

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा अनुपम खेरले आफू कुनै पनि व्यवसायिक दिमाग नभएको र यही कारणले सन् २००४ मा टाट पल्टेको बताएका छन् । बार्ताको क्रममा अनुपमले अमिताभकै कारण आफूले फेरि आर्थिक रुपमा माथि उठ्न सकेको जिकिर गरेका छन् । यस्तै द कपिल शर्मा शोमा बोल्दै अनुपम खेरले आफु निकै घमण्डी भएको र त्यो घमण्ड अमिताभ बच्चनले हटाएर बुद्धिको साथ अघि बढ्न प्रेरणा दिएको पनि खुलाएका छन् ।

अनुपम खेरले भने, ‘मैले २५–३० फिल्म गरिसकेको थिएँ । मलाई पँखा वा एसी चाहिन्छ भन्दै चेन्नईमा सुटिङ गर्दा मैले एसी कहाँ छ भनेर सोधेको थिएँ । म एसी वा पँखा बिना काम गर्न सक्दिन भन्दै पँखा लिएर आउन भनेको थिएँ । त्यसपछि मैले पहिलो दृश्य कोसँग छ राजधानि दैनिकमा खबर छ । भनेर सोधें र अगाडिको व्यक्तिले बच्चन सरसँग भने ।’अनुपमले अगाडि भने,‘सोही फिल्मको सेटमा अमिताभ बच्चनलाई दाह्री, जुँगा र विग खेलिरहेको देखे । म आफैले उहाँलाई भेटेर नमस्कार गरेँ । त्यतिबेला अमिताभ बच्चनले मलाई हेरेर आउ, छेउमा बस भन्दै आग्रह गर्नु भयो ।’

यस्तो यो गर्मीमा दाह्री, जुँगा र विग लगाएर तपाई कसरी बस्न सकेको भन्दै आफुले सोधेको प्रश्नमा अमिताभले गर्मीलाई अनौठो मान्नुहोस्, गर्मी लाग्दैन भनेपछि आफुले त्यसै गरेको यी अभिनेताले बताए ।अमिताभले त्यतिबेला गर्मी खपेर काम गरेको देखेपछि आफुले पनि उनकै सिको गरेको र त्यसपछिको दिनमा सुटिङमा एसी र पँखाको माग गर्न छाडेको उनले बताए । आफुले सुटिङमा यसरी सुविधायुक्त कुराको माग गर्न छाडेर परिस्थितिको सामना गर्न थालेपछि निर्माता निर्देशकले आफुलाई निरन्तर काम दिएको पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *