सुनिल ग्रोवरले मात्रै होइन यी चर्चित कलाकारहरुले पनि छाडे कपिल शर्माको साथ • OSNepal

सुनिल ग्रोवरले मात्रै होइन यी चर्चित कलाकारहरुले पनि छाडे कपिल शर्माको साथ • OSNepal

मनोरञ्जन

Sharing is caring!

एजेन्सी । भारतको चर्चित हाँस्य कार्यक्रम द कपिल शर्मा शोका चर्चित कलाकार सुनिल ग्रोबरले छाडेपछि शो खस्किँदै गयो । केही समय बन्द भएको शोलाई कपिलले संचालनमा त ल्याए तर शोले भनेजस्तो उचाई हाँसिल गर्न सकेन ।

कपिलको शोबाट सुनिल ग्रोवर मात्रै नभई उपासना सिंह, अली असगर, सुगन्धा मिश्रा, चन्दन प्रभाकर, कृष्णा अभिषेक, सिद्धार्थ सागर, भारती सिंह जस्ता सबै कलाकारले साथ छोडिदिएपछि अहिले कपिल एक्लिएका छन् ।

यस्तोमा कपिलसँग किन कोही पनि टिक्न सकिरहेको छैन भनेर प्रश्न गरिन्छ ।हालै कपिललाई भारतीय सञ्चार माध्यमले तपाईँभित्र असाध्यै इगो भरिएको छ, तपाईँ इन्सिक्योर व्यक्ति हुनुहुन्छ, यस्तै तपाईँ आफ्नो वरिपरि कोही अन्य क्षमतावान् व्यक्ति देख्न चाहनुहुन्न त्यसैले तपाईँको शोमा जो उदाउन थाल्छ, उनीहरूलाई छिटो छिटो फेरिदिनुहुन्छ ।

तपाईँको ट्र्याक रेकर्डले तपाईँलाई मानिसहरूले छिटो छिटो छोडेर गएको देखिन्छ भन्ने प्रश्नको उनले खण्डन नै गर्दै भने म अहिले पुरै फेरिएको छु । पहिला रिसाउँथे, झगडा गर्थे तर अहिले म निकै कुल भएको छु । पहिला कसैले मलाई एउटा गाली गर्‍यो भने म १० वटा दिएर आउँथेँ । तर अब यस्तो छैन । मेरो त कसैसँग दुस्मनी छैन । म यस्तो एक्लो व्यक्ति हुँ ।

अब तपाईँ यसलाई घमन्ड भन्नुहोस् वा इनसिक्योरिटी तर मभित्र कहिल्यै यस्तो भावना छैन । जाँदा जाँदै उनले थपे मेरो शोबाट नै हिट भएकी भारती सिंहसँग अहिले पनि इन्स्टाग्राममा फोटो हाल्छु । कृष्णसँग पनि मिडियामा आएको जस्तो झगडा नभएको उनले दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *