रक्सीले मातेर गएका कपिल शर्मालाई अमिताभ बच्चनले के भने त्यस्तो ? • OSNepal

रक्सीले मातेर गएका कपिल शर्मालाई अमिताभ बच्चनले के भने त्यस्तो ? • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौँ । भारतीय लोकप्रिय हाँस्यअभिनेता कपिल शर्मा बेलाबेलामा चर्चा र विबादमा आइरहन्छन् । हिट कार्यक्रम कपिल शर्मा शोका संचालक कपिल पछिल्ला दिनमा आफ्नो नयाँ फिल्म ज्विगाटोका लागि व्यस्त छन् ।

नन्दिता दासले निर्देशन गरेको कपिलको फिल्म ज्विगाटो १७ मार्चमा प्रर्दशनमा आउँदैछ । कपिलको शोबाट सुनिल ग्रोवर मात्रै नभई उपासना सिंह, अली असगर, सुगन्धा मिश्रा, चन्दन प्रभाकर, कृष्णा अभिषेक, सिद्धार्थ सागर, भारती सिंह जस्ता सबै कलाकारले साथ छोडिदिएपछि अहिले कपिल एक्लिएका बेला उनले कार्यक्रमका अलावा फिल्मका लागि पनि काम गर्दैछन् ।

आफ्ना स्टाफहरुलाई निकालेको आरोप खेपिरहेका कपिलले हाले एक अन्तरवार्तामा अमिताभ बच्चनलाई भेट्न आफूले मादक पदार्थको सहारासमेत लिनुपरेको रहस्य खोलेका छन् । यद्यपि, पछि उनले आफ्नो यस्तो व्यवहारका लागि माफी पनि मागेका छन् ।

कपिलले आँफुले रक्सी खाने अवस्थाको रहस्य खोल्दै भनेका छन् मैले अमिताभ वच्चनलाई भेट्न जानका लागि एक पटक रक्सी पिएपछि आँट आउने भन्दै आँफले त्यस्तो कदम चालेको बताउका छन् । उनले भने एक सुटका लागि अमिताभ बच्चनलाई भेट्नु पर्ने थियो तर म त्यसका लागि आँट गर्न सकिरहेको थिइनँ ।

बच्चन साहबले आफू बिहान आउन लागेको बताएपछि अमिताभले उनलाई भनेका रहेछन् जीवन चुनौतीकै अर्को नाम हो । त्यसैले तपाईँ पुनः उठेर उभिनुहोस् ।’ अमिताभले दिएको आर्शिवादपछि कपिल आँफु ढुक्क भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *