कैलाली -अभिनेता पुष्प खड्का सम्मानित भएका छन्। उनले अध्ययन गरेको विद्यालय कैलालीको लम्कीचुहामा रहेको नव जागृत माध्यमिक विद्यालयले खड्कालाई सम्मा नगरेको हो ।
विद्यालयले खड्का सहित पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको छ । जसमा कृषक, व्यापारी, शिक्षकदेखि कलाकार र सांसदसम्म छन् । विद्यालयले ५४ औँ वार्षिकोत्सवको अवसर पारेर विभिन्न ओहोदामा पुगेका आफ्ना ६७ जना पूर्व विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
पूर्व सांसद गङ्गा थारु, पूर्व राष्ट्रिय सभा सदस्य कमल कुमारी ओली, संविधानसभा सदस्य रामदुलारी चौधरी, नायक पुष्प खड्का, नार्कका कृषि वैज्ञानिक रामबहादुर खड्कालाई सम्मानीत गरेको हो ।
यस्तै डिएसपी हेम बहादुर शाही, गौरीगङ्गा नगरपालिकाका निवर्तमान मेयर भीम बहादुर देउवा, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज गिरी, वडा अध्यक्ष मिथुन गौतम, सहारा घरका सञ्चालक बल बहादुर विष्ट लगायत विभिन्न व्यक्तिहरू सम्मानित भएका हुन ।