चलचित्र प्राविधिकहरुका लागि पल शाहले ५ लाख दिने

चलचित्र प्राविधिकहरुका लागि पल शाहले ५ लाख दिने

मनोरञ्जन

Sharing is caring!

काठमाडौं । अभिनेता पल शाहले चलचित्र प्राविधिकहरुका लागि ५ लाख दिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त सहयोग रकम दिने घोषणा गरेका हुन् ।

पलले सहयोग रकम घोषणा गर्दै भनेका छन् – विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरुको जनजीवनलाई सहज बनाउनका लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गरेको छु । साथै आफूले सहयोग गरेको रकम नेपाल चलचित्र प्राविधिक संघलाई सहजीकरण गरिदिन पनि अनुरोध गरेका छन् । उनले व्यक्तिगत तर्फबाट पहिलो चरणमा भन्दै ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन् ।

पलले लेखेका छन् – आर्थिक अवस्था कमजोर हुनुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईंहरु सबैको साथमा म सधै हुनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *