नेपालकी पूर्व मिस नेपाल अस्मी श्रेष्ठलाई प्रेममा धोका दिएका भारतीय गायक सनम पुरीले गरे इन्गेजमेन्ट • OSNepal

नेपालकी पूर्व मिस नेपाल अस्मी श्रेष्ठलाई प्रेममा धोका दिएका भारतीय गायक सनम पुरीले गरे इन्गेजमेन्ट • OSNepal

मनोरञ्जन

Sharing is caring!

काठमाडौं -भारतीय गायक तथा सङ्गीत ब्यान्ड सनमका मुख्य गायक सनम पुरीले इन्गेजमेन्ट गरेका छन् । उनले प्रेमिका जुचोबेनी टुङ्गोयसँग मार्च ११ मा इन्गेजमेन्ट गरेका हुन् । सामाजिक संजाल इन्स्टाग्राममा सनम र जुचोबेनीले तस्विर सेयर गर्दै यसबारे जानकारी गराएका हुन् ।

यी दुईले आफ्ना चारवटा तस्बिर पोस्ट गर्दै ‘र हाम्रो इन्गेजमेन्ट भयो’ भनेर क्याप्सनमा लेखेका छन् ।सनम नेपालकी पूर्व मिस नेपाल अस्मी श्रेष्ठसँग प्रेम सम्बन्धमा थिए ।

यी दुईको करिब तीन वर्षको प्रेम सम्बन्ध टुटेपछि सनम नागाल्याण्डकी मोडल जुचोबेनीसँगको प्रेममा थिए । अस्मीलाई सनमले धोका दिएको भन्दै नेपाली मिडियामा केही समय पहिले समाचार आएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *