बलिउड अभिनेत्री सारा अली खान लामो समयदेखि कुनै पनि फिल्ममा देखिइनन् । तर यो बीचमा उनी सामाजिक सञ्जालमा निकै सक्रिय छन् । हालै अभिनेत्री एक च्याट शोमा पुगेकी थिइन् । अभिनेत्रीले फिल्म ‘केदारनाथ’ बाट बलिउडमा डेब्यु गरेकी हुन् । त्यसपछि उनी धेरै फिल्ममा देखिइन् । रणवीर सिंहसँगको उनको फिल्म ‘सिम्बा’ निकै हिट भयो ।
तर त्यसपछि उनका धेरै फिल्म फ्लप साबित भए ।उनको ‘लभ आज कल २’ र ‘कुली नम्बर १’ दर्शकको मन जित्न सकेनन् । हालै सारा एक च्याट शोमा पुगिन् । जहाँ उनले पहिलो पटक फ्लप फिल्म र आफ्नो ब्रेकअपको बारेमा खुलेर कुरा गरिन् । वर्ष २०२० को कथा साझा गर्दै सारा अली खानले भनिन्, ‘त्यस अवधिमा उनले रिल र रियल दुवैमा निकै कठिन अवस्था देखेकी थिइन् ।
सन् २०२० उनको जीवनको सबैभन्दा खराब भाग रह्यो, जसमा उनको ब्रेकअप पनि थियो। वास्तवमा जब उनी अभिनेता कार्तिक आर्यनसँग फिल्म ‘लभ आजकल २’ को सुटिङ गरिरहेकी थिइन्, तब उनीहरुको अफेयरको निकै चर्चा भएको थियो । तर, उनीहरुको रोमान्टिक सम्बन्ध र ब्रेकअपको पुष्टि करण जोहरले आफ्नो च्याट शो ‘कफी विथ करण’ मा गरेका थिए ।
भनिन्छ, सन् २०२० मा फिल्म ‘लभ आजकल २’ रिलिज हुनुअघि सारा र कार्तिकको ब्रेकअप भएको थियो र त्यसपछि उनीहरुले एकअर्कासँग कुरा गर्न छोडेका थिए । साराले रणवीर शो पोडकास्टमा सेयर गरेकी छिन् कि २०२० उनको लागि निकै खराब रह्यो। यो वर्ष उनको ब्रेकअप संग सुरु भयो, त्यसपछि उनको फिल्महरु को लागि फ्लप को एक स्ट्रिंग, र उनले भनिन् कि ट्रोलिङले उनलाई धेरै असर गरेन किनभने उनी पहिले नै खराब व्यक्तिगत स्थानमा थिईन् ।