शाहरुख खानको फिल्म मै हूँ ना सन् २००४ मा रिलिज भएको थियो । चाखलाग्दो कुरा के छ भने अभिनेत्री तब्बुले पनि यसमा अभिनय गरेकी थिइन् तर उनको भूमिका यति सानो थियो कि सायद कसैले याद गरेको थिएन । अब शाहरुखको फिल्म मै हुँ ना मा तब्बुको क्यामियोको बारेमा एउटा रमाइलो कथा बाहिर आएको छ ।
यस फिल्ममा तब्बुको एक सेकेन्डभन्दा कम समयको क्यामियो थियो । यति सानो भूमिका गर्न उनी कसरी तयार भइन् यसको बारेमा आज हामी जानकारी दिन गईरहेका छौ । बिहीबार डाइट सब्याले ट्विटरमा फिल्म मै हुँ नाको एक फोटो पोस्ट गरिन् , जसमा उनी शाहरुख खानसँग देखिएकी छिन्।
उनले क्याप्सनमा लेखेकि छन्,– म अझै बुझ्ने प्रयास गरिरहेको छु कि तब्बु ०.२ सेकेन्डसम्म यति धेरै रोल गर्न कसरी तयार भइन् रुु यसको जवाफमा मै हूं ना निर्देशक फराह खानले लेखेकी छन्, ‘अरे उनी दार्जिलिङमा अर्को सुटिङका लागि आएकी थिइन् । जब उनी सेटमा मलाई भेट्न आइन्, मैले उनलाई यो शटमा बिना मेकअप उभिएँ र उनले आफ्नै लुगा लगाएकी थिइन्।
शाहरुख खानले फिल्म मै हुँ नामा मेजर रामको भूमिका निभाएका थिए । जसमा उनीसँग जायद खान, सुस्मिता सेन, अमृता राव, किरण खेर र नसिरुद्दीन शाह जस्ता स्टारहरू देखिएका थिए। यो फराह खानको निर्देशकको रूपमा पहिलो फिल्म थियो। वर्कफ्रन्टको कुरा गर्ने हो भने ‘पठान’को सफलतापछि शाहरुख खान नयाँ फिल्म जवानको सुटिङमा व्यस्त छन् ।
यो फिल्ममा उनी फेरि एकपटक दमदार एक्शन गर्दै देखिनेछन् । यससँगै तब्बु चाँडै नै फिल्म भोलामा देखिने छिन्, जसमा उनले अजय देवगनसँग स्क्रिन सेयर गर्नेछिन् ।