गायक सचिन रौनियारको ‘मरिहत्ते’मा अभिनेत्री नीता ढुङ्गाना • OSNepal

गायक सचिन रौनियारको ‘मरिहत्ते’मा अभिनेत्री नीता ढुङ्गाना • OSNepal

मनोरञ्जन

Sharing is caring!

गायक सचिन रौनियारको ‘मरिहत्ते’ बोलको गीतको भिडियो बजारमा आएको छ । सन्तोष सुनारको शब्द र सङ्गीत रहेको गीतको भिडियोमा सचिनसँगै अभिनेत्री नीता ढुङ्गानाको अभिनय रहेको छ। राजधानीमा पत्रकार सम्मेलनको आयोजना नै गरेर भिडियो सार्वजनिक गरिएको कार्यक्रममा गायक रौनियारले भने,‘डिजिटल समयमा ए मान्छेपछि कम्ब्याक भए।

समयानुसारनै आफूलाई प्रस्तुत गर्दैछु।’ गायक रौनियार छ भनौ कि छैन भनौ, यो वनमा छैन क्यारे न्याउली कराउदिन, ए कान्छी, ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, आफ्नो मान्छे लगायतका गीतमार्फत स्थापित भएका हुन् ।

अभिनेत्री ढुङ्गानाले आफूले निर्वाह गरेको भूमिकाले मनोरञ्जनसँगैसंदेश दिने जानकारी दिईन्। ‘गृहणीको भूमिकामार्फत दैनिकीमा देखिने समास्या र सामाजिक दायित्वलाई यसमा समेटेका छौँ’, अभिनेत्री ढुङ्गानाले भनिन्।कार्यक्रममा कुन्ती मोक्तान, लोचन भट्टराई, दीपक बज्राचार्य, दीपक शर्मा, निर्मल शर्मा लगायतको उपस्थिति थियो।

निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कम्जोर रहेको दम्पतिको कथा देखाईएको छ। बच्चालाई जीवनको अमुल्य सपना बनाएका दम्पतिले स्वास्थ्यसमस्या, सामाजिक सङ्घर्ष र जीविकोपार्जनलाई कथामा समेटिएको छ। भिडियोमा हरी हुमागाईंले छायाङ्कन र विकास धमलाको सम्पादनले गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *