एजेन्सी – शुक्रबारदेखि भारतमा प्रर्दशन भइरहेको कमेडियन कपिल शर्माको फिल्म ‘ज्विगाटो’ले कमजोर व्यापार गरेको छ । खानेकुरा कम्पनीका डेलिभरी ब्वाइका रूपमा देखिएका उनको गम्भीर भूमिकालाई दशृकले भने रुचाएनन् ।
फिल्म ले दुई दिनमा १ करोड ५ लाख भारू कमाएको छ। पहिलो दिन ४३ लाख भारू कमाएको फिल्मले दोस्रो दिन ६२ लाख कमाएको हो। भारतीय फिल्मकर्मीले यो फिल्म फ्लप भएको बताइरहेका छन्।
कपिलको मुख्य भूमिका रहेको यो फिल्मको निर्देशन नन्दिता दासले गरेकी हुन्। फिल्ममा कपिलसँग शाहाना गोस्वामीको पनि मुख्य भूमिका छ। यसअघि उनी फिल्म ‘किस किसको प्यार करूं’ र ‘फिरंगी’ मा देखिएका कपिलको यो तेस्रो फिल्म हो । डेलिभरी गर्ने एक व्यक्तिको कामले अरूको पेट भरेर सन्तुष्टि दिलाए पनि यो भागदौडमा उसको निजी जीन्दगीको सन्तुलन बिग्रिएको कथा देखाइएको छ।